‘सम्झना बिर्सना’मा पूजा र आकाशको दुश्मनी
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार २३:५०:५९
५ बैशाख, काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सोमबार सार्वजनीक गरिएको छ । बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको तीन मिनेट लामो ट्रेलरमा कमेडी,लभ,रोमान्स,सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ ।
निमेष प्रधान निर्देशीत फिल्मलाई अद्वितिय प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । जेठ ६ गते प्रदर्शन हुने फिल्ममा पूजा र आकाशका साथमा सुनील थापा,छुल्ठिम गुरुङ,शिसिर राणालगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ,सिल्गुडी तथा सिक्कीमका बिभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिसिर राणाले सघाएका छन् ।
दर्शकहरुले औधि मन पराएको पूजा र आकाशको जोडीलाई दर्शकले एउटै फिल्ममा हेर्न नपाएको धेरै भएको छ । अधिकांश दर्शकले उनीहरुलाई सँगै भएको हेर्न चाहेका छन् । सोही सन्दर्भमा केही दिनअघि सार्वजनीक यो फिल्मको ‘परेलीमा’ बोलको गीतले पनि दर्शक स्रोताको मन जितिरहेको छ ।
ट्रेलरले त फ्यानहरुमा अझै खुशीयाली ल्याउने बिश्वास निर्माण पक्षको छ । पछिल्लो समय उनीहरु बीच सम्बन्ध चिसिएको हल्ला चलीरहेको छ । ट्रेलरमा पनि पूजा र आकाशबीचको सम्बन्धमा असमझदारी भएको झलक देखाइएको छ,जुन कुरा उनीहरुको वास्तविक जीवनसँग मेल खान गएको छ । तर,कतिपयले भने ‘सम्झना–बिर्सना’ ले यी दुईको पुनः मिलाप गराउने अनुमान समेत गरेका छन् ।
आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार