बैंक अफ काठमाण्डू पुग्यो झापाको काँकरभिट्टामा
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ मंगलबार ०:१०:२३
५ बैशाख, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले झापाको काँकरभिट्टामा नयाँ शाखा स्थापना गरेको छ । मेचीनगर नगरपालिका वडा नं. ०६, काँकरभिट्टास्थित काँकरभिट्टा शाखाको हिजोे एक समारोहका बीच मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजयकुमार श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन भएको छ ।
सो औपचारिक समुद्घाटन समारोहमा मेचीनगर नगरपालिकाका नगर उप–प्रमुख श्रीमती मिना पोखरेल उप्रेती, मेचीनगर नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष ललितबहादुर तामाङ तथा मेची उद्योग वाणिज्य संघ, धुलाबारीका अध्यक्ष ऋषीराज तिम्सीनाले बैंकको काँकरभिट्टा शाखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरेका थिए ।
उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक विजयकुमार श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।
मेचीनगर नगरपालिकाका नगर प्रमुख बिमल आचार्यले उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडलाई काँकरभिट्टामा स्वागत गर्नुको साथै स्थानीय महानुभावहरुको आवश्यकतालाई ध्यानमा राखी बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिए ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार