सिन्धुपाल्चोक, हेलम्बुका बाढी–पहिरो पीडित परिवारलाई अस्थायी आवास
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ मंगलबार ०:२७:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/ghar-1_o6CBtV5dR7.jpg)
५ बैशाख, काठमाडौं । हिमालयन फाउन्डेसन कर्प,न्युओर्क एण्ड क्यालिफोर्नियाले सिन्धुपाल्चोक,हेलम्बु गाउँ पालिकाका बाढी–पहिरो पीडित परिवारलाई अस्थायी आवास उपलब्ध गराएको छ । फाउन्डेसनले आइतबार हेलम्बुको पाल्चोकमा एक कार्यक्रममा बीच पहिलो घर हस्तान्तरण गरेको हो ।
अमेरिकाको मेरिल्याण्ड राज्यका पहिलो नेपालीमुल बिधायक डा।ह्यारी भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा डा।भण्डारीसहित फाउन्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठ,शस्त्र प्रहरीका पूर्व आइजीपी शैलेन्द्रकुमार श्रेष्ठ,पूर्व डिआइजी केबि ब्रम्हचार्य,बरिष्ट फिल्म निर्देशक नारायण पुरी,बरिष्ट संचारकर्मी भुषण दाहाल,प्रोफेसर प्रकाश खड्गी,लायन्स क्लवका पूर्व अध्यक्ष दिकेन्द्र मास्कलेलगायतले संयुक्त रुपमा बाढीपीडित रामबहादुर भारतीलाई नवनिर्मित घरको चावी सुम्पीएका थिए ।
गत असार र साउनमा आएको भीषण बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा जनधनको ठूलो क्षति पुर्याएको थियो । बगरमा परिणत उक्त स्थानका पीडितलाई सहयोग गर्ने उद्धेश्यले आफ्नो सामाजीक संस्था हिमालयन फाउन्डेसनमार्फत संस्थापक यज्ञलाल अघि सरेका थिए । उनले गत कार्तिक २४ गते हेलम्बु गाउँपालिकासँग बाढीपीडितका लागि आफ्नो फाउन्डेसनमार्फत १० वटा घर निर्माण गरिदिने सम्झौता गरेका थिए । सोही बमोजीम घरहरु बन्दै गरेको र हाल नेपाल आएको अबसरमा बस्नका लागि तयार भएको एउटा घर हस्तान्तरण गरिएको उनले बताए ।
‘आफू जन्मे,हुर्किएको ठाउँमा बिपत्ति परेको मैले हेरेर बस्न सकिनँ,’ यज्ञलालले भने, ‘आफ्नो तर्फबाट जति सकिन्छ, सहयोग गरौं भनेर पीडितका लागि घर निर्माण थालेका हौं । बाँकी घरहरु छिट्टै पूरा हुनेछन् । भबिष्यमा पनि हाम्रो सहयोग जारी रहनेछ ।’ सन् २००६ मा स्थापना भएको हिमालय फाउन्डेसन कर्पमार्फत यज्ञलालले थुप्रै समाजीक कार्य गरेका छन् ।
उनले क्यालिफोर्नीयामा नेपाली कम्युनीटी सेन्टर निर्माणका लागि नेपालबाट अन्जु पन्त,राजु लामाजस्ता चर्चित कलाकारलाई लगेर कन्सर्ट गर्नुका साथै पोखरामा बालबालिकाका लागि कराँते भवन निर्माण तथा आफू पढेको सिन्धुपाल्चोकको स्कुललाई कम्प्युटर,लाइब्रेरी तथा सिसिटिभीको ब्यबस्था गर्नेजस्ता थुप्रै काम गरेका छन् । राष्ट्रिय म्याराथुन धावक यज्ञलाल सन् २००२ देखि अमेरिका ब्यापार–ब्यबसायका साथै समाजीक कार्य गर्दै आइरहेका छन् ।
अमेरिकामा बसे पनि आफ्नो गाउँठाउँलाई सम्झीएर सहयोग गरेकोमा कार्यक्रममा प्रमुख अथिति डा। भण्डारीले यज्ञलालको तारिफ गरे । उनले भने,‘हामी नेपालीहरु जहाँ रहे पनि एकअर्काको पीडामा मल्हम बन्ने मनका छौ भन्ने उदाहरण उहाँले पेश गर्नु भएको छ । उहाँको यो सह्रानीय कार्यमा हामी सबैले साथ दिनुपर्छ ।’
घर हस्तान्तरण कार्यक्रममा काठमाडौबाट बरिष्ट चलचित्र पत्रकार लक्ष्मण सुवेदी,‘लाइफ इन एल’ फिल्मका निर्देशक सूर्य श्रेष्ठ,हिमालयन फाउन्डेसन नेपालका अध्यक्ष फत्तबहादुर गुरुङ,सदस्य सोम लामा,पूर्वप्रधानमन्त्री केपी ओलीकी स्वकिय सचिव मिना श्रेष्ठ,राष्ट्रिय खेलकुद समितिका पूर्व सदस्य नम्बरी शेर्पा,समाजसेवीहरु पूर्ण शेर्पा,पद्म श्रेष्ठ,देवेन्द्रमान श्रेष्ठलगायत थुप्रै संचारकर्मी हेलम्बु पुगेका थिए ।
कार्यक्रममा हेलम्बु ३ का कार्यबहाक वडा अध्यक्ष दमइ सिंह तामाङ,मेलम्ची नगरपालीका ७ का वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठलगायतले यज्ञलालको टिमले घरबारबिहीन बाढी पीडितको पुनस्र्थापनाका लागि गरिरहेको पुन्य कर्मको प्रसंसा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार