छ घर गोठमा आगलागी हुँदा ३० लाखको क्षति
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ मंगलबार १:९:३
५ बैशाख कपिलवस्तु । कपिलवस्तुमा आज भएको आगलागीबाट छ घर गोठ जलेर नष्ट भएको छ । जिल्लाको शिवराज नगरपालिका–११ भदौखरमा लागेको आगोले करिब रु ३० लाखको क्षति भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
स्थानीय मोतीराम अहिरको घरबाट सुरु भएको आगोले सीताराम यादव, रामचन्द्र यादव, अधारे यादव र भिख्की यादवको घर गोठ जलेर नष्ट भएको वडाध्यक्ष रामेश्वर वर्माले बताए ।
आगोले अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्रीहरू पूर्णरूपमा जलेका छन् । दिउँसो ३ बजेदेखि लागेको आगो डेढ घण्टामा स्थानीय प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो ।
तराइका जिल्लामा गर्मी मौसममा हावाहुरी लाग्ने भएकाले फुसको छानो भएका घर उच्च जोखिममा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार