आईपीएल क्रिकेटमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार १२:७:४२
६ बैशाख एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल २०२२ मा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित हात पारेको छ ।
जितका लागि २ सय १८ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा २ सय १० रनमा समेटियो। कोलकाताका कप्तान श्रेयस ऐरले ५१ बलमा सर्वाधिक ८५ रन बनाए भने आरोन फिन्चले २८ बलमा ५८ रन जोडे । राजस्थानका युजभेन्द्र चहलले ४ ओभरमा ४० रन खर्चेर ह्याटिकसहित ५ विकेट लिए । डेब्यू खेल खेलेका तीव्र गतिका बलर आवेद म्याकोयले २, रविचन्द्रन आश्विन र प्रसिद्ध कृष्णले १–१ विकेट लिए ।
त्यसअघि ब्रेबोन क्रिकेट स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो। राजस्थानका जस बटलरले ६१ बलमा १ सय ३ रन बनाए। जारी सिजनमा बटरलको यो दोस्रो शतक हो। बटलरले यसै सिजनमा मुम्बईविरुद्ध शतकीय इनिङ खेलेका थिए ।
कोलकाताका सुनिल नारायणले सर्वाधिक २ विकेट लिए भने प्याट कमिन्स, शिवम माभी र आन्द्रे रसेलले १–१ विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार