पालिका चुनाव सार्ने षड्यन्त्र भए कडा प्रतिवाद गर्ने एमालेको निर्णय
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार १३:३:४८
६ बैशाख काठमाडौं । पालिका चुनावका लागि नेकपा एमालेले तयार पारेको घोषणापत्रको मस्यौदालाई पारित गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा हिजो बेलुका बसेको बैठकले घोषणा पत्रको मस्यौदालाई अनुमोदन गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो । एमालेले यही वैशाख ९ गते शुक्रवार केन्द्रमा घोषणापत्र र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
बैठकले एक सय ७३ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सदस्यीय पुर्याएको छ । त्यस्तै, बैठकले थप १२ केन्द्रीय विभागलाई पूर्णता दिनुका साथै केन्द्रीय सम्पर्क समन्वय कमिटीमा ५१ जनालाई मनोनीत गरेको छ ।
एमालेले पालिका चुनाव सार्ने षड्यन्त्र भएमा त्यसको कडा प्रतिवाद गर्ने निर्णय पनि गरेको उपमहासचिव गुरुङले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार
भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
पुष १६, २०८१ मंगलबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार