पाकिस्तानमा श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई मृत्युदण्ड
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार १३:२९:४७
६ वैशाख एजेन्सी । पाकिस्तानमा इश निन्दा गरेको भन्दै एउटा भिडले एक श्रीलंकाली नागरिकको हत्या गरेको अभियोगमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
सियालकोट सहरका कारखाना प्रवन्धक ४८ वर्षीय प्रियंथा दियावदानगेलाई गत डिसेम्बरमा कुटपिट गरी हत्यापछि उनको शव जलाइएको थियो ।
दोषी ठहर भएका ८८ जनामध्ये ९ जनालाई आजीवन कारावास र अन्यलाई दुईदेखि पाँच वर्षको जेल सजाय तोकिएको छ । सो घटनाले देशलाई स्तब्ध बनाएको थियो र निवर्तमान प्रधानमन्त्री इमरान खानले यसलाई ‘लज्जाको दिन’ भनेका थिए ।
आक्रमणबारे सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा आक्रोशित भीडले दियावदानगेलाई उनको कार्यस्थलबाट घिसारेर कुटपिट गरी हत्या गरेको देख्न सकिन्छ ।
उनको शव जनलाएपछि भीडमा धेरै मानिसहरूले सेल्फी लिइरहेका थिए । सो भिडियो अमानवीयको भएको पीडितकी श्रीमती निलुशी दिसानायकाले टिप्पणी गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी
पुष १६, २०८१ मंगलबार
जापानमा भारी हिमपात हुँदा दर्जनौँ उडान रद्द
पुष १६, २०८१ मंगलबार
ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै
पुष १६, २०८१ मंगलबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार