कास्कीका सभापतिसहित कांग्रेसका नेताहरु तुरुन्त काठमाडौं आउनूः सभापति देउवा
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार १४:४०:२३
६ वैशाख, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच भइरहेको तनावबारे छलफल गर्न कास्की कांग्रेसका मुख्य नेताहरुलाई काठमाडौं बोलाएका छन् ।
प्रधामन्त्रीको निजि सचिवालय स्रोतले दिएको जानकारी खनुसार उनीहरुलाई गठबन्धनको बैठकका निर्णय सार्वजनिक हुनु अगाडी नै काठमाडौं आइपुग्न भनिएको छ ।
कास्कीमा जिल्ला तहका कांग्रेसका नेताहरु कुनै हालतमा पोखरा मेयर छाड्न नसकिने अडान राखेपछि एकीकृत समाजवादीलाई दिने भएनएको पोखराको मेयर पदमा विवाद भएको छ ।
कांग्रेस जिल्ला र पोखरा महानगर समितिका सचिवहरुले विज्ञप्ति नै जारी गरेर एकीकृत समाजवादीबाहेक दलसँग मात्रै गठबन्धन गर्ने बताए थिए ।
कास्की कांग्रेसमा स्वयम कांग्रेसभित्रै पनि एक मत देखिएको छैन । कास्की सभापति गठबन्धनको बैठकमा छलफल गरिरहेका बेला विज्ञप्ती आएपछि त्यसले सत्ता गठबन्धनको शीर्ष तहमा समेत खैलाबैला मच्चाएको थियो ।
यसै विषयमा छलफल गरी निचोडमा पुग्न कास्की कांग्रेसका नेताहरुलाई बोलाएका हुन् । कांग्रेसले पोखराको मेयरका लागि १८ र उपमेयरका लागि १० जनाको नाम संकलन गरेको छ ।
यही सन्दर्भमा कुरा गर्न कास्कीका नेताहरुलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं बोलाएका हुन् ।
प्रदेशका सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापा लगायतका एक दर्जन नेता काठमाडौं हिँडेका छन् ।
अघिल्लो साता जिल्लाका झण्डै १ सय नेता कार्यकर्ताले देउवालाई भेटेका थिए । त्यतिबेला भने देउवाले महानगरका विषयमा कुनै निर्णय नभएको भन्दै जिल्ला फर्कन निर्देशन दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार