एमालेका आदरणीय व्यक्तिहरूलाई आफ्नो कद नघटाउन मेरो अनुरोध छः प्रमुख निर्वाचन आयुक्त
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार १६:३५:३४
६ वैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन सार्न सत्ता गठबन्धनमा रहेका दलदेखि निर्वाचन आयोगसम्म लागीरहेको भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति लक्षीत गर्दै एमाले नेताहरुलाई आफ्नो कद नघटाउन आग्रह गरेका छन् ।
स्थानीय तहको निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेको भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेको भोलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले ’निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गर्दै यस्तो बताएका हुन् ।
मंगलबार राजधानीमा पत्रकारसँगको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ’निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ । यो निर्वाचन सार्ने मनसाय कसैसँग भएको जानकारी निर्वाचन आयाोगलाई छैन् ।’
एमाले केन्द्रीय सचिवालयको सोमबारको केन्द्रीय सचिवालय बैठकले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँटलाई लिएर भइरहेको किचलोका कारण सरकारले भित्रभित्रै निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकालेको थियो । त्यसको भोलिपल्ट थपलियाले भनेका छन्, ’निर्वाचन हुने/नहुने कुनै पनि संशयलाई चिर्दै ३० वैशाखमा निर्वाचन गर्ने दृढ सकल्पमा आइपुगेका छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार