वीरगञ्जमा राजेशमानको घरदैलो, स्थानीय भन्छन् :- ‘जसपालाई जिताउँछौ’ !
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार १७:१६:८
५ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा जनता समाजवादी पार्टी नेपाल ९जसपा० ले घरदैलो गरेको छ । वडाको रानीघाट टोलमा जसपाबाट वीरगञ्ज महानगरपालिकाका मेयर उम्मेदवार राजेशमान सिंहको नेतृत्वमा घरदैलो कार्यक्रम गरिएको हो ।
घरदैलोका क्रममा वडावासीले आसन्न स्थानीय तहमा पनि जसपाका उम्मेदवारहरुलाई जिताउने प्रतिबद्धता जनाएका छन् । सिंहसँग भएको भेटघाटका क्रममा वडावासीले उक्त प्रतिक्रिया दिएका हुन् ।
यसअघि जसपाका उम्मेदवारलाई जिताएको बताउँदै स्थानीयले यसपटक पनि जसपालाई नै निर्वाचित गराएर पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय राजु साह सोनार भन्छन्, ‘यसअघि हामीले जसपालाई नै जितायौँ, अहिले पनि जसपालाई नै जिताउँछौ, व्यक्ति फरक भएपनि विचार त्यही पाएका छौँ । जनतासँग काम गर्ने उम्मेदवार हुनुहुन्छ राजेशमान सिंह र मनोज कलवार । हामीले उहाँहरुलाई नै जिताएर पठाउँछौँ । वर्तमान मेयर विजय सरावगीले बर्बाद बनाएको वीरगञ्जलाई राजेशमानले नै बनाउनेछन् भन्ने आशा छ ।’
वडाबासीहरुले वडा अध्यक्ष मनोज कलवारको कामसँग सन्तुष्ट रहेको बताउँदै महानगर प्रमुख सरावगीसँग भने असन्तुष्ट रहेको बताएका थिए । सिंहसँग स्थानीयले वडामा हुन् नसकेको काम र विकासका बारेमा समेत कुरा राखेका थिए ।
वडावासीहरुको प्रश्नको प्रतिक्रिया दिँदै सिंहले आफु मेयरमा निर्वाचित भए वडाका सम्पूर्ण समस्याहरुलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आफू व्यापारिक पृष्ठभूमिबाट नभएर राजनीतिक पृष्ठभूमिबाट आएकोले जनताको बीचमा रहेर काम गर्ने बताए ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादव, वडाअध्यक्ष मनोज कलवार, जसपाका नेता मुकेश द्विवेदीलगायतका जसपाका नेता तथा कार्यकर्ताहरु घरदैलोमा उपस्थित थिए ।
उनीहरुको स्वागत गर्दै स्थानीयहरुले ‘राजेशमान सिंह जिन्दावाद’, ‘छाता छापमा मतदान गरौँ’, ‘जसपाका उम्मेदवारलाई विजयी गराऔँ’ जस्ता नारासमेत लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या
पुष १४, २०८१ आइतबार
स्पोर्टस सुजका कारण जागिर गुमाएकी बेलायती युवतीले पाइन ३० हजार पाउन्ड
पुष १४, २०८१ आइतबार
खेलका माध्यमबाट समृद्ध मुलुक निर्माणमा योगदान पुग्नेः मन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
राजदूत सोङ ड्रागनको सिङमा पेन्ट गर्दै
पुष १४, २०८१ आइतबार
लक्ष्मी चण्डी मुरारका विद्यार्थी आन्दोलित
पुष १४, २०८१ आइतबार