नबिल बैंकद्वारा प्रवासी कामदारको स्वास्थ्यमा चासो, जलवायु परिवर्तनको असर न्यूनीकरण सम्बन्धि कार्यशाला आयोजना
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार १७:४४:५८
६ बैशाख, काठमाडौं । नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई लिएर जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यशाला आयोजना गरेको छ । अप्रिल १५, २०२२ मा भिभान्ता होटल ललितपूरमा आयोजना गरिएको उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसरले मुख्य प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
ला इस्ला नेटवर्क एउटा अनुसन्धान र परामर्श संस्था हो जसले विश्वभर रहेका कामदार तथा तिनीहरुको समाजमा हुनसक्ने तापक्रम सम्बन्धी रोगहरु जस्तै परम्परागत बाहेकका पुराना मृगौला रोगहरुको रोकथाम गरी समाजबाट मृगौला रोग निर्मुल पार्न काम गरिरहेको छ । जलवायु परिवर्तनको समयमा यो संस्थाले कामदारको स्वास्थ्यलाई संबोधन गर्न प्रमाणमा आधारित समाधानहरूको बिकास तथा कार्यन्वयन गर्दै आइरहेको छ ।
प्रवासी कामदार र बिप्रेषण नेपाली अर्थव्यवस्थाको निकै महत्वपूर्ण भाग रहेको छ र यिनै बिषयलाई मध्यनजर राखी नबिल बैंकद्धारा संचालन गरिएको यो कार्यशाला नेपाली बैंकिङ क्षेत्रमै पहिलो कार्यशाला हो । नबिल बैंकले दिगो बिकासका पहलहरूलाई समर्थन तथा कार्यन्वयन गर्दै आइरहेको छ र यो कार्यशाला पनि समाजमा दिगो बिकाशको लागी महत्वपूर्ण रहने विश्वास गरिएको छ । उक्त कार्यक्रमलाई नेपाली मुद्रा बिप्रेषक संघको सहयोगमा संचालन गरिएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, बैदेशिक रोजगार विभाग, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, प्रवासी नेपाली समन्वयन समिति तथा विदेशी कुटनीतिक संघ संस्थाहरु लगायतका श्रम मामिलामा आबद्ध विभिन्न संघसंस्थाहरुका उच्च पदस्त अधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यशालाको बारेमा बोल्दै नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसनले गरेको अनुसन्धान तथा बिभिन्न कामहरू नेपाली प्रवासी कामदारको लागि निकै महत्वपूर्ण रहेको र यो अनुसन्धानको निष्कर्ष र समाधानहरूले जलवायु परीवर्तनका कारण नेपाली प्रवासी कामदारहरुको स्वास्थ्यमा पर्न जाने असरलाई समयमै पहिचान गरी सो को आवश्यक समाधान गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यशालाको दौरान जेसनले बढ्दै गएको तापक्रमको कारण धेरै स्वास्थ्य समस्या थपिदै गएको र प्रवासी कामदारहरूमा जलवायु परिवर्तनले पार्न गएको असर सम्बन्धमा सहभागीहरूको ध्यानाकर्षण गराएका थिए । बढ्दो तापक्रम र गर्मीका कारण मृगौलामा आउन सक्ने समस्या जलवायु परिवर्तनका कारण सृजना भएको पहिलो माहामारी हुन सक्ने समेत उनले दावी गरे । त्यसैले सरोकारवालाहरूले कामदारहरूको कार्यस्थलको अवस्था, पर्याप्त पिउने पानीको व्यवस्था सुनिश्चित गर्नसके मात्र जलवायु परिवर्तन र तापक्रम कारण शुरू भएको नयाँ रोगहरूबाट प्रवासी कामदारहको स्वास्थ्यलाई जोगाउन सकिने बताए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जलवायु परिवर्तनको प्रभाव सबै जीवित जीवहरूमा उच्च मात्रामा देखिन थालेतापनि यसलाई कम गर्नेतर्फ सामान्य ध्यान केन्द्रित गर्न सकेपनि केही हदसम्म न्यूनीकरण गर्न सकिने बताउँदै यसका लागि प्रवासी कामदारहरूमा चेतना फैलाउनु निकै महत्वपूण रहेको र यस सम्बन्धमा उचित सहयोग गर्न नबिल बैंक सधै तत्पर रहेको बताए । कार्यक्रममा उपस्थित सहभागीहरूले सक्रिय सहभागिता जनाउनुका साथै नेपाली मुद्रा बिप्रेषण संघका कार्यकारी सदस्य प्रवीन अधिकारी र म्यानपावर एजेन्सीको प्रतिनिधिको रूपमा सुवर्न श्रेष्ठले आआफ्नो बिचार व्यक्त गरेका थिए ।
कार्यशालाको समापनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव थानेश्वर भुसालले कामदारहरूको स्वास्थ्य सुधार गर्न कुनै अनुसन्धान गर्न चाहनुहुने संस्था तथा व्यक्तिलाई सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबै सरोकारवालाहरूलाई सँगै राखी यस्तो गम्भीर बिषयमा छलफल गर्ने वातावरण मिलाईदिएकोमा नबिल बैंकलाई बिशेष धन्यवाद ज्ञापन गर्दै कार्यशालाको समापन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार