भागबन्डा नमिल्ने संकेतपछि एमालेसँग आन्तरिक छलफलमा सत्तारुढ दल
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार १८:२३:५२
वैशाख ६, गोरखा । गोरखामा चुनावी तालमेलका लागि कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा बनेको जिल्लास्तरीय संयन्त्रको बैठक १८ चैतदेखि औपचारिक रूपमा ६ पटक बसिसक्यो । तर, पटकपटक बसेको बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा विनानिष्कर्ष बैठक टुंगिने गरेको छ ।
भागबन्डाको विषयमा कुरा नमिल्दा सत्तारुढ दलबीच चुनावी तालमेल हुने सम्भावना न्यून बन्दै गएको संयन्त्रका जिल्लास्तरीय नेताहरु बताउँछन् । ११ स्थानीय तहमध्ये नौ पालिका प्रमुख जितेको नेपाली कांग्रेसले यसअघि विजयी भएका नौवटै पालिका दाबी गर्दै आएको छ ।
दुई नगरपालिकासहित ११ वटा स्थानीय तह रहेको गोरखामा कांग्रेसले अघिल्लो चुनावमा जितेको नाै पालिकामा अडान छाडेको छैन । हाल दुई पालिकाको नेतृत्व सम्हालिरहेको माओवादीले जिल्ला समन्वय समितिको प्रमुखसहित पाँच पालिका पाउनुपर्ने अडान राखेको छ ।
यस्तै, जसपाले अहिले पालुङटार नगरपालिकासहित तीनवटा पालिका पाउनुपर्ने माग राखेको छ । गठबन्धनको मर्म र भावनाअनुरूप सहअस्तित्वको आधारमा कम्तीमा एक पालिका प्रमुख पाउनुपर्ने एकीकृत समाजवादीले बताउँदै आएको छ ।
यद्यपि पटकपटक बैठक बसे पनि सबै दल आ-आफ्नो अडानबाट पछाडि नहट्दा चुनावी तालमेलको सम्भावना न्यून हुँदै गएको हो । ‘सबै दलहरूको अडान कायमै छ । कुनै दल लचिलो हुने, कम्प्रमाइज गर्ने जस्तो संकेत नै देखिँदैन । सबैले आफ्नो अडान कायमै राखेपछि त कसरी गठबन्धन हुन्छ त ?’, सत्तारुढ दलका एक नेताले भने ।
भागबन्डामा सहमति जुट्ने संकेत नदेखिएपछि सत्तारुढ दलका नेताहरू गठबन्धन तोडेर एमालेसँग तालमेल गर्ने विषयमा आन्तरिक छलफल गर्न थालेका छन् । कांग्रेस, माओवादी, जसपाका जिल्लास्तरीय नेताहरू गठबन्धनमा भागबन्डाको कुरामा सहमति नजुटेपछि विकल्पको रूपमा एमालेसँग आन्तरिक छलफलमा बस्न थालेका हुन् ।
चुनावी तालमेल र सहकार्यका विषयमा सत्तारुढ दलका नेताहरू आफूहरूसँग निरन्तर आन्तरिक छलफलमा बसिरहेको एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ बताउँछन् ।
‘हामी सँग चुनावी सहकार्य गर्ने, तालमेल गर्ने विषयमा सबै दलहरूसँग छलफलमा बसिरहेका छौँ । उहाँहरूबीच खटपट चलिरहेकै छ । हामीसँग जनताको भावना र मर्म बुझेर विकास र समृद्धिको यात्रामा सहकार्य गर्न यदि कुनै दल तयार हुन्छन् भने हामी तालमेल गर्न तयार नै छौँ’, अध्यक्ष गुरुङले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार