बाजुरामा स्थानीय तह निर्वाचन गराउन पाँच सयभन्दा बढी कर्मचारी
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार १८:४४:५८
६ वैशाख बाजुरा । स्थानीय तहमा हुन लागेको निर्वाचन सम्पन्न गर्न बाजुरामा पाँच सय ५८ जना कर्मचारी खटाइने भएको छ । एक सय १२ मतदान अधिकृत र एक सय १२ जना सहायक मतदान अधिकृतसहित पाँच सय ५८ जना कर्मचारी खटिन लागेका हुन् ।
जिल्लाका नौ स्थानीय तहमा ७० वटा मतदान केन्द्र र एक सय १२ मतदानस्थल छन् । मतदान केन्द्र र मतदानस्थलअनुसार कर्मचारी व्यवस्थापनमा पाँच सय ५८ जना कर्मचारीको व्यवस्थापन गरिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
निर्वाचनमा कर्मचारी संघ र संगठनका पदाधिकारी भने नखटाइने कार्यालय प्रमुख नवराज अवस्थीले बताए । जिल्लामा कुल ४२ हजार एक सय ५१ पुरुष र ४० हजार पाँच सय ३७ महिला गरी जम्मा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख अवस्थीले बताए ।
नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा एसलगायत १३ दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका छन् । कार्यालयका अनुसार निर्र्वाचन कार्यालयहरू स्थापनाका लागि निर्वाचन अधिकृतहरू सम्बन्धित स्थानीय तहमा गइसकेका र ८ वैशाखमा सबै ठाउँमा निर्वाचान कार्यालय स्थापना हुनेछ । कार्यालय स्थापनापछि निर्वाचन शिक्षा लगायतका गतिविधि अगाडी बढाइन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार