कांग्रेसलाई सरकारमा ल्याउनु मेरो गल्ती हैन, गठबन्धन तोड्ने षडयन्त्र नगरौँः प्रधानमन्त्री देउवा
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार १९:०:१०
६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चारैतिरबाट सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताएका छन् । उनले कुनै हालतमा गठबन्धन तोड्न नहुने पक्षमा आफू रहेको धारणा राखेका छन् ।
नेविसंघको स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत ल्याउने अवस्था नभएकाले गठबन्धन गर्नैपर्ने बताए । उनले कांग्रेसलाई सरकारमा पुर्याएर आफुले गल्ती नगरेको भन्दै पहिले सरकारको नेतृत्वमा पठाएर अहिले गठबन्धन तोड भन्न नहुने बताए ।
देउवाले भने,‘यो गठबन्धन टुटाउने षडययन्त्र भइरहेको छ । भित्र र बाहीर दुवैतिरबाट । गठबन्धन नभए हाम्रो हालत के हुने थियो र ओलीलाई कसरी हटाउनुप¥यो । यो संविधानअनुसार कुनै पनि एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन । कसै न कसैसँग त गठबन्धन गर्नुपर्छ । गठबन्धन भन्दाखेरि ’गिभ एन्ड टेक’ त हुन्छ । कांग्रेस ठूलो पार्टी छ हेर्नै पर्छ ।’
स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज पार्टीभित्र उठिरहेका बेला देउवाले गठबन्धन गरेरै कांग्रेसको नेतृत्वमा संघीय र प्रदेशमा सरकार गठन गरेको तथा विभिन्न प्रदेशमा मन्त्री बनाएको कुरामा जोड दिए ।
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मादेखि महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा रहेका बेला देउवाले भने, ’हामी संसदीय चुनावमा हारेको हो । अहिले गठबन्धनले धेरै ठाउँमा हाम्रो सरकार छ । धेरै ठाउँमा मुख्यमन्त्री र मन्त्री छन् । धेरै ठाउँमा हामीले भाग पाएका छौं । के बिगारेँ मैले ? मैले कांग्रेसलाई सरकारमा ल्याउनु गल्ती हो भने मैले गल्ती गरेको भन्नुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार