लोसपाबाट मेयरका लागि सिफारिस साह बालकोट पुग्दा भए एमाले
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार २०:८:७
५ वैशाख, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सिफारिस भएका जानकीराम साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् । लोसपाबाट सिफासिरमा मात्रै परेका उनले टिकटै पाउने भएपछि एमाले रोजेका हुन् ।
जनकपुरधाममा एमालेले पनि मेयरका लागि एकल नाम सिफारिस गरिसकेको छ । एमालेबाट गएको साता व्यवसायी शिवशंकर साह (हिरा)को नाम सिफारिस भएको थियो । तर, साह एमाले प्रवेश गरेपछि हिरालाई टिकट दिने सम्भावना न्यून देखिएको छ ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । तत्कालीन राजपाबाट वडा नम्बर–७ को अध्यक्षमा विजयी भएका साह आज भक्तपुरको बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् । साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपा परित्याग गरेका हुन् ।
लोसपाबाट जनकपुरधामको मेयरका लागि पाँचजनाको नाम सिफारिस गरिएको छ । प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र सञ्जयकुमार चौधरी मेयरका लागि सिफारिस भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार