भरतपुर महानगर माओवादीलाई दिनुपर्ने भयो, तपाई जिल्ला गएर कार्यकर्ता सम्हाल्नुसः देउवा
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार २०:५९:४७
६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयर पद माओवादीलाई दिनुपर्ने अवस्था आएको बताएका छन् ।
उनले मंगलबार दिउँसो चितवनका जिल्ला सभापतिसहितका नेताहरुलाई बालुवाटारमा बोलाएर भरतपुरमा धेरै झमेला नगर्न र जिल्लामा गएर कार्यकर्ता सम्हाल्न आग्रह गर्दै यस्तो बताएका हुन् ।
देउवाले बोलाएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका चितवन जिल्ला सभापति राजेश्वर खनालसँय भरतपुरको मेयर पद माओवादी केन्द्रलाई दिनुपर्ने बाध्यता नै आइपरेको बताए थिए ।
उनले काठमाडौं, ललितपुर र विराटनगर हामीले लिनुपर्ने भयो, भरतपुर माओवादीलाई दिनपर्ने भयो त्यसैले तपाईंले जिल्लाको माहोल सम्हाल्नुप¥यो भनेका थिए ।
जवाफमा जिल्ला सभापति खनालले जिल्लामा कार्यकर्ताहरु भरतपुर महानगरपालिकाको मेयर छाड्न नहुने पक्षमा रहेकाले आफूले सम्हाल्न नसक्ने बताएका थिए ।
बालुवाटारबाट फकिएपछि सभापति खनालले भविष्यमा आउने निर्वाचन परिणामको जिम्मेवारी आफूले लिन नसक्ने र त्यसको जिम्मा पार्टी केन्द्रीय सभापतिकै हुने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार