वनस्पति उद्यान अनुसन्धान केन्द्रको रुपमा स्थापित हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार २१:२५:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/Anusandhan-kendra_Qe00i1w0C3.jpg)
६ वैशाख, खलङ्गा ।
जुम्लाको गुठिचौर गाउँपालिका–५ धिताचौरस्थित वनस्पति उद्यान अनुसन्धान केन्द्रको रुपमा हुन थालेको छ ।
साढे चार हेक्टर क्षेत्रफलमा फैलिएको उद्यान आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ भने हिमाली वनस्पतिको खोज तथा अनुसन्धान गर्न विज्ञ आउने क्रम बढेको छ ।
उद्यानभित्र करिब २०० औषधिजन्य जडिबुटी रोपिएको छ । अधिकांश व्यक्ति मनोरञ्जनका लागि उद्यानमा आउने गरेका छन् । काठमाडौँ, सुर्खेतलगायत ठाउँबाट आयुर्वेद कलेज र विभिन्न विज्ञान संकायका विद्यार्थी प्रयोगात्मक ज्ञानका लागि पनि आउने गरेको उद्यान केन्द्र प्रमुख रमेश बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी र विज्ञ दुई-तीन सातासम्म बसेर वनस्पतिको पहिचान गरेर फर्कने गरेका छन् । उद्यानमा ६१ जातको रैथाने वनस्पतिको अनुसन्धान हुने गरेको छ ।”
अहिले ‘सेतोभदुरी’ नामक वनस्पति रासायनिक परीक्षणका लागि काठमाडौँ पठाइएको छ । अतिस खेतीलाई प्रर्वद्धन गर्न उद्यानमै व्यवसायिक खेती गरिएको छ । उद्यानमा ४८ प्रजातिका जीवाणु, दुई वटा नर्सरी र तीन वटा प्रदर्शनी भू–भाग छन् । उद्यानमा हरेक वर्ष ‘प्लान्ट रिसर्च’ कार्यक्रम पनि सञ्चालन हुने गरेको केन्द्र प्रमुख बस्नेतले बताउए ।
यसैबीच जुम्लाको पूर्वीभेगमा पर्ने गुठीचौर गाउँपालिकामा हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ । गुठीचौर–३ गज्याङकोट गाउँस्थित शङ्कर बहुउद्देश्यीय माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएको हो ।
दुईकोठे भवनको छाना हावाहुरीले उडाएपछि दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालयका प्रधानाध्यापक एकराज बुढाले जानकारी दिए । सो विद्यालयमा २५० विद्यार्थी अध्ययनरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार
तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार