बहुदरमाईपछि जगरनाथपुरका अध्यक्ष मियाँले गरे गाडी फिर्ता
आबिद हुसेन
बैशाख ६, २०७९ मंगलबार २२:५४:२६
६ बैशाख, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँले प्रयोग गर्दै आएको गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । अध्यक्ष मियाँले प्रयोग गर्दै आएको बा २ झ ४२४४ नम्बरको हायलक्स गाडी फिर्ता गरेका हुन् ।
मंगलबार विहान मियाँले गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत एवम् जिन्सी शाखा प्रमुख उत्तम सिंहलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।
नैतिकताको आधारमा आफुले चुनाव प्रचार प्रसारमा सरकारी गाडीको दुरुपयोग नहोस भन्ने उद्देश्यले गाडी बुझाएको अध्यक्ष मियाँले वताए ।
यस अघि सोमबार बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहले पनि आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका थिए । साहले प्रयोग गर्दै आएको ना. १ झा १६६१ नम्बरको स्कर्पियो गाडीको साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद उप्रेतीलाई हस्तान्तरण गरेका थिए ।
तर अझै पनि जिल्लाको एक महानगरपालिका, दुई नगरपालिका र ८ गाउँपालिकाका प्रमुखले प्रयोग गर्दै आएको पालिकाको गाडी बुझाउन बाकी रहेको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
कञ्चनजङ्घामा पर्यटकको आगमन बर्सेनि बढ्दै
पुष १४, २०८१ आइतबार
झारपातले कुरूप बन्दै राराताल
पुष १४, २०८१ आइतबार
तस्करी र भ्रष्टाचार नियन्त्रण श्रीलङ्काको प्रमुख प्राथमिकता
पुष १४, २०८१ आइतबार
सतिघाटमा फेरीबाट सवारी तथा ढुवानी साधन तार्दै
पुष १४, २०८१ आइतबार