निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ बुधबार ३:१७:४
६ वैशाख, जनकपुर । स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ ।
भारतको मधुवनी जिल्लास्थित जयनगरमा आज बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए ।
बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले गरेका थिए, भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अमित कुमारले गरेका थिए।
सो बैठकमा प्रजिअ पौडेलसहित सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या
पुष १४, २०८१ आइतबार
स्पोर्टस सुजका कारण जागिर गुमाएकी बेलायती युवतीले पाइन ३० हजार पाउन्ड
पुष १४, २०८१ आइतबार
खेलका माध्यमबाट समृद्ध मुलुक निर्माणमा योगदान पुग्नेः मन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
राजदूत सोङ ड्रागनको सिङमा पेन्ट गर्दै
पुष १४, २०८१ आइतबार
लक्ष्मी चण्डी मुरारका विद्यार्थी आन्दोलित
पुष १४, २०८१ आइतबार