टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत
नेपालबहस संवाददाता
बैशाख ७, २०७९ बुधबार १३:२:२६
७ बैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ को टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल टी-ट्वान्टी अन्तर्राष्ट्रियमा यथावत रहेको हो ।
नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पारेको छ । नेपालले विश्व वरियतामा १२ औं स्थान पाएको छ । आयरल्याण्ड १५ औं स्थानमा छ ।
नेपाल पछिल्लो १० टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा मात्र १ खेलमा पराजित भएको छ । नेपाल दुई महिनाअघि ओमानमा भएको टी-ट्वान्टी विश्वकप छनोटमा एक खेल हार्दै सुनौलो मौका गुमाएको थियो ।
लगत्तै नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो । नेपालले पपुवा न्युगिनी र मलेसियालाई पराजित गर्दै उपाधि उचालेको थियो । टी-ट्वान्टी अन्तर्राष्ट्रियको वरीयतामा भारत पहिलो स्थानमा छ । दोस्रो स्थानमा इंग्ल्यान्ड रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार