चैतमा लिएको स्थायी शिक्षकको परिक्षा नतिजा वैशाखभित्र सार्वजनिक हुन्छः आयोग
नेपालबहस संवाददाता
बैशाख ७, २०७९ बुधबार १७:१:१३
७ वैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले चैत १५ देखि लिएको स्थायी शिक्षकको परिक्षाको नतिजा वैशाख अन्तिम सातासम्ममा सार्वजनिक गर्ने भएको छ । आयोगले तीनै तहमा गरी १७ हजार ३ सय ३२ शिक्षकका लागि आवेदन खुलाएको थियो ।
अहिले परिक्षाको उत्तरपुस्तिका जाच्ने र क्रम मिलाउने काम भइरहेको आयोगले जनाएको छ । भरसक माध्यामिक तह, निम्नमाध्यामिक तह र प्राथमिक तहको नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी आयोगको छ ।
एकै पटक सम्भव नभए तह तहको गरेर भएपनि वैशाख महिनाभित्र परिक्षाको नतिजा प्रकासित गर्ने तयारीमा रहेको शिक्षक सेवा आयोगका प्रवक्ता शुदर्सन मरहठ्ठाले नेपालबहसलाई जानकारी दिएका छन् । उनले अयोगले यसै महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिहेको बताए ।
आयोगका अनुसार झन्डै साढे १५ सय मावि शिक्षक पदमा ३५ हजार ५ सय ५६ जनाले आवेदन दिएका छन् । जसबाट १ हजार ५ सय ३२ जना मात्रै उत्रिण हुनेछन् । माध्यामिक तहमा शिक्षक संख्या पनि कम माग भएको थियो ।
आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो । परीक्षामा आउने प्रश्नपत्रमा सेटिङ भएको र प्रश्नपत्र समेत बाहिरिएको बताइएपनि यसबारे छानविन भएको छैन ।
आयोगले लिएको परिक्षामा विभिन्न इन्सिच्युटबाट प्रश्नहरु लिएको र ति इन्सिच्युटहरुले विद्यार्थीबाट रकम लिएर परिक्षामा आउने प्रश्नलाई केन्द्रमा राखेर कक्षा लिएको सूचना बाहिरिएपनि सम्बन्धित निकायले कारवाही नचलाएकाले यस परिक्षामा बाहिरबाट सहभागी धेरै परिक्षाथीहरु फेल हुने बताइन्छ ।
यो परीक्षामा ४० प्रतिशत अङ्क ल्याउने परीक्षार्थी उत्तीर्ण हुने अयोगले जनाएको छ । परिक्षामा सोधिएका प्रश्नहरु नमिलेको खण्डमा सोही बराबर मिलेकोबाट नम्बर काटिने प्रावधान रहेकाले पनि ८० प्रतिशत भन्दा तल प्रश्नपत्र हल गर्ने परिक्षार्थी उत्रिण नहुने आयोग स्रोतको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक: ५२.९१ प्रतिशत विद्यार्थी पास , ४७.०९ प्रतिशत फेल
साउन १८, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार