असुरक्षित वैदेशिक रोजगारः एजेन्टको संलग्नतामा मानव तस्करी बढ्दै
नेपालबहस संवाददाता
बैशाख ७, २०७९ बुधबार १९:५१:१७
७ बैशाख, काठमाडौं । मुलुकमा रोजगारीको अवसर पर्याप्त सिर्जना नहुँदा नेपाली युवाले वैदेशिक रोजगारीको विकल्प रोज्नुपरेको तथ्यबारे कोही अनभिज्ञ छैन । पछिल्लो जनगणनाको प्रारम्भिक नतिजा अनुसार ५० लाखभन्दा बढी युवा जनशक्ति विदेशिएको तथ्यांकले प्रष्ट पार्छ, रोजगारीका लागि परदेश नै ठूलो गन्तव्य बनेको छ ।
बर्सेनि ठूलो परिमाणमा भित्रने रेमिट्यान्सले नेपाली अर्थतन्त्रको ठूलो हिस्सा धानेको तथ्यबारे पनि सबै जानकार छौं । यति हुँदाहुँदै पनि वैदेशिक रोजगारी अझै पनि सुरक्षित हुन सकेको छैन । विदेश पुगेर डरलाग्दो श्रम क्षेत्रमा काम गर्नुपर्ने बाध्यता भएकाहरुको असुरक्षा एकातिर छ भने रोजगारीस्थलमा पुग्ने बेलासम्ममा ठगीमा पर्ने, लुटिने, मारिने समस्या त कति हो कति छ । यसले वैदेशिक रोजगारीमा देखिएको असुरक्षालाई दर्शाउँछ ।
हामीले सुन्दै–देख्दै आएको एउटा पाटो के हो भने, वैदेशिक रोजगारीका क्रममा जाँदा धेरै ग्रामीण क्षेत्रका युवा ठगिएको पाइन्थ्यो । तर, अहिले दलालहरुको अनेक फन्दामा परेर शहरकै, पर्याप्त सूचना स्रोतमा पहुँच भएकैहरु पनि ठगिएको पाइएको छ ।
विराटनगर – १८ का ३१ वर्षीय सुरेश यादव एकजना त्यस्तै पात्र हुन्, जो दलालको फन्दामा परेर ठगिए । आकर्षक तलब र सेवा सुविधाको लोभमा वैदेशिक रोजगार एजेन्टबाट उनी ठगिएका हुन् । एक वर्षअघि मासिक १५ सय रियाल पारिश्रमिक आउने भन्दै उनलाई एजेन्टले दुबई पठाउने बताएका थिए । उनी दुबई पुगेपछि काम पाएनन् । उल्टो सात महिना अनाहकमा बन्धक बन्नुपर्यो ।
विराटनगरका यी तन्नेरी एकजना प्रतिनिधि पात्र हुन्, जो वैदेशिक रोजगारीका क्रममा एजेन्टबाट ठगिए । यसरी ठगिनेहरुको सूची लामो छ । अझ महिला कामदारहरु त धेरैले विदेश पुगेर नारकीय जीवन बिताउनु परेको छ । अहिले पनि विदेशमा यातना पाइरहेका, अलपत्र परिरहेका महिलाको संख्या धेरै छ ।
वास्तविकता यस्तो भए पनि सरकार सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक व्यवस्थापन गरेको दाबी गर्न कहिल्यै पछि पर्दैन । तर, अनेकौं बहानामा नेपाली कामदार ठगिने क्रम भने रोकिएको छैन । स्वदेशमा रोजगारीको अवसर पनि सिर्जना नगर्ने, विदेशिने जनशक्तिलाई सुरक्षा पनि प्रदान नगर्ने सरकारी कमजोरी तत्काल अन्त्य हुनुपर्छ । विदेशिने नेपाली कामदार ठगिने क्रम विमानस्थलबाटै सुरु हुन्छ ।
त्यसअघि म्यानपावर एजेन्टले अनेकौं नाममा पैसा असुलेका हुन्छन् । आकर्षक तलब र सजिलो कामका लागि घरखेत बन्धकी राखेका युवा विदेश पुग्ने बित्तिकै अर्कै काममा खटाइन्छन् । विरानो देशमा प्रतिवाद गर्ने साहस जुटाउन मुश्किल नै हुन्छ । किनभने, विदेश पुग्दैगर्दा ठूलो पैसा लगानी भइसकेको हुन्छ ।
त्यसबाहेक पारिवारिक गर्जो टार्नुपर्ने बाध्यता पहाड बनेर उपस्थित भइसकेको हुन्छ । यस्तो अवस्थामा सम्झौता गरेर काम गर्नुपर्ने बाध्यता नेपाली कामदारलाई हुन्छ । त्यति गर्दा पनि पूर्वशर्त अनुसारको पारिश्रमिक नेपाली कामदारले नपाउने जोखिम उत्तिकै हुन्छ ।
यसरी पाइलैपिच्छे असुरक्षाको भय साँचेर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता नेपाली कामदारलाई छ । अझ खाडी मुलुकमा रहेका नेपाली दुतावासहरुको निष्क्रियता र अमानवीय व्यवहारबाट पीडित हुनेहरुको संख्या झन् धेरै छ । राज्यको दायित्व विदेशबाट आउने रेमिट्यान्सको हिसाब गर्ने मात्रै होइन । त्यसरी पैसा पठाउने नागरिकको सुरक्षा पनि उसैको जिम्मेवारी हो ।
ठगिनबाट जोगाउने, विरामी पर्दा उपचारको प्रबन्ध गर्ने र समस्या पर्दा सहयोग गर्ने दायित्वबाट पन्छिन मिल्दैन । साथै कामदार ठग्ने स्वदेशी एजेन्टहरुलाई कारवाहीको दायरामा ल्याउन भएको ढिलाइले पनि ठगहरुको हौसला बढेको छ । उनीहरुलाई दण्डित गरेर सरकारले पीडितलाई न्याय दिन अग्रसरता देखाउनुपर्छ । दुवै बाट कुवेत , ओमन , साउदी अरब , सिरिया , टर्कि लगायतका देशमा जाने गरेका छन ।
नेपालबाट दुबैको भिजिट भिसामा महिलाहरुलाई कामदारको रुपमा लग्ने गरेको छ । नाता प्रमाणित नक्कली, विवाह दर्ता, कहिले पनि नगएको मानिसलाई समेत अगाडिको समयमा विदेश गएको भनेर नक्कली कागजपत्र बनाउने गरेका छन । यसमा नेपालमा ठुला मानव तस्करहरु संलग्न भएको मान्न सकिन्छ । यसमा अध्यागमन अधिकृत संलग्न रहेको आशंका रहेको छ । सिंगो मेनपावर ब्यवसायलाई धरासायी बनाउनको लागी सीमित ब्यक्तिहरुको चलखेल भै रहेको एक जानकारले बताए ।
यसतर्फ नेपाल सरकार र अध्यागमन विभाग सर्जक बन्नु पर्ने अवस्था रहेको छ । यसको कारणबाट कर्मचारी र मानव तस्करको संलग्नताको कारणले बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुलाई समस्या पार्ने कार्य भैरहेको एक जानकार एजेन्टले बताए । नेपालबाट खाडी मुलुकमा रोजगारीका लागि जान बन्देज गरेको भएपनि भिजिट भिसाको प्रयोगबाट महिला तथा पुरुषलाई त्यहाँ लग्ने पाइएको छ ।
यसबाट नेपाल सरकारलाई ठुलो मात्रामा चुनौती देखा परेको छ । विदेशीभुमिमा काम र रोजगार नपाउँदा साथै नेपाल फर्कने पैसा नहुदाँ नेपालीहरु दुख पाइरहेका छन । घरेलु कामदारको रुपमा भिजिट भिसामा गएकाहरु साहुबाट कुटपिट, समयमा तलब नपाउने, पाटपोर्ट साहुले नदिने , कम पारिश्रमिकमा काम गर्नुपर्ने गरेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार