जसपालाई जिताउने गतिविधिमा लाग्न नेताहरुको आग्रह
नेपालबहस संवाददाता
बैशाख ७, २०७९ बुधबार १७:५२:२८
७ वैशाख, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल ‘जसपा’ को कार्यकर्ता भेटघाट सम्पन्न भएको छ । वीरगञ्जस्थित जिल्ला समन्वय समितिको सभागृहमा बुधबार पार्टीका वरिष्ठ नेताहरुको उपस्थितिमा कार्यकर्ता भेटघाट सम्पन्न भएको हो ।
आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर वीरगञ्ज महानगरपालिका वडा नम्बर प्रसौनीका नेता तथा कार्यकर्तासँग भएको भेटघाटमा नेताहरुले जसपाका उम्मेदवारहरु जिताउने गतिविधिमा लाग्न आग्रह गरेका थिए ।
निर्वाचनको २४ दिन मात्र बाकी रहँदा गाउँगाउँ टोलटोलमा पुगेर जसपाका उम्मेदवारहरुका लागि छाता छापमा मत माग्न कार्यकर्ताहरुलाई सङ्घीय सांसद् प्रदीप यादवले निर्देशन दिए ।
मधेशी जनताको अधिकार प्राप्ति र पर्सा जिल्लाको विकासका लागि जसपा एक मात्र विकल्प रहेको बताउँदै उनले पार्टीका उम्मेदवारहरुको बढीभन्दा बढी कसरी आउन सक्छ भन्ने तर्फ कार्य गर्न आग्रह गरेका थिए ।
त्यसैगरी जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले वीरगञ्जमा निर्वाचन केन्द्रित गतिबिधिहरुलाई थप तीव्रता दिनुपर्ने बताए ।
उनले प्रत्येक वडामा जसपाका कार्यकर्ताहरुले चुनाव केन्द्रित गतिविधि बढाएर जसपा प्रतिको माहोल सृजना गर्न आग्रह गरे । कार्यक्रममा सङ्घीय परिषद् सदस्य शिवजी सोनी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार