अर्थमन्त्री शर्माको पदीय नैतिकतामाथि प्रश्न उठ्यो, यसमा प्रधानमन्त्री र प्रचण्डले पनि सोच्नुपर्छ: खतिवडा
नेपालबहस संवाददाता
बैशाख ७, २०७९ बुधबार १८:१७:५५
७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले देशको अर्थतन्त्र धरासायी हुने दिशातर्फ गइरहेका बेला अर्थमन्त्रीका व्यवहारहरु आर्थिक आचरणभन्दा बाहिर गरिहेका विषयले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’माथि समेत प्रश्नचिन्ह खडा भएको बताएका छन् ।
नेपालबहससँग कुरा गर्दै खतिवडाले वार्षिक बजेटको तयारीमा रहेका अर्थमन्त्री शर्माले देशको आर्थिक अवस्था र आर्थिक सूचकांकहरुलाई नियन्त्रणमा राख्ने मुख्य निकाय अर्थमन्त्रालय, राष्ट्र बैंक र राष्ट्रिय योजना आयागबीच सहकार्य गर्न नसक्दा समान्य अवस्थामा पनि देशको अर्थतन्त्रले खराव मोड लिइरहेको बताए ।
उनले गैरकानूनी रुपले अवैध बाटोबाट आएको भनिएको अमेरिकी डलर छुटाउन राष्ट्र बैंकमाथि दवाव दिनु र यसै विषयमा राम्रो अध्यायन समेत नगरी निलम्बन गर्नु गलत भएको भन्दै सर्वोच्चले गभर्नरलाई पदमा फर्काउन भनेपछि अब आफ्नो नैतिक जिम्मेवारी केहो भनेर सोच्नुपर्ने बताए । अर्थमन्त्री शर्मामाथि धेरैतिरबाट विरोध आएकाले राजीनामा उपयुक्त हुने उनको सुझाव छ ।
खतिवाडाले अर्थमन्त्री शर्माले आर्थिक क्षेत्रका विभिन्न पाटामा एकपछि अर्को गर्दै नकारात्मक प्रभाव पार्ने खालका काम गरिरहेका विषयहरु आउनु राम्रो नभएको बताउँदै गठबन्धनका लागि सवै कुरामा सतिजान नमिल्ने बताए ।
उनले अर्थमन्त्रीमाथि लागेका आरोप र देखाइरहेका कामबाट देशको अर्थतन्त्रको भविश्य सवल नहुने देखिएको दावी गर्दै अर्थमन्त्रालयको जिम्मेवारीमा शर्मालाई कायम राख्न सकिने वा नसकिने विषयमा प्रधानमन्त्री र गठबन्धनका नेताहरुले सोच्न ढिला भइसकेको बताए । खतिवडाले राजनैतिक नैतिकता सम्झिएर अर्थमन्त्री राजिनामा दिनु सवैभन्दा उपयुक्त हुने बताए ।
खतिवडाले भने,‘ संविधानले जेठ १५ मा बजेट ल्याउन भनेको छ । बजेट विज्ञ र अर्थमन्त्रालयका कर्मचारीले बनाउने हो । नीतिगत निर्णय गर्न अर्को अर्थमन्त्री आउँदा पनि फरक पर्दैन । भरसक सवै क्षेत्रले विश्वास गर्ने मन्त्री अर्थमा गठबन्धनले पठाए राम्रो हुन्छ । हामीले सुझाव दिने हो । यो अवस्थामा अर्थमन्त्रालयमा शक्ति देखाएर बस्नु भनेको उनलाई नै राजनीतिक घाटा हो ।’
कांग्रेस नेता खतिवडाले भनेझै अहिले अर्थमन्त्री शर्माको चारै तिर विरोध मात्र भएको छैन, उनले गरेका थप नराम्रा कामको विवरण पनि आउन थालेको छ । शर्माले बदनियतपूर्ण गभर्नरमाथि औचित्यहीन कारवाही चलाएको र मुलुकको अर्थतन्त्रको दुरवस्थाप्रति गैरजिम्मेवार बनेको आरोप लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार