महेश आचार्यको उदाहरण दिँदै कांग्रेस महामन्त्री शर्माले मागे अर्थमन्त्रीको राजीनामा
नेपालबहस संवाददाता
बैशाख ७, २०७९ बुधबार १८:४९:५४
७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । उनले शर्मा अब पनि पदमा रहिरहन उपयुक्त नहुने बताएका छन् । उनले अथमन्त्री शर्मालाई यसअघिको इतिहास हेर्न पनि भनेका छन् ।
तत्कालिन नेपाली कांग्रेस नेतृत्वको सरकारका अर्थमन्त्री महेश आचार्यलाई जोड्दै मन्त्री शर्माले निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले मंगलबार अल्पकालिन अन्तरिम आदेश दिंदै काममा फर्कन भनेपछि विश्वप्रकाशले उनको राजीनामा माग गरेका हुन् ।
शर्माले नेपाली कांग्रेसका नेता एवं तत्कालिन अर्थमन्त्री महेश आचार्यले यही विषयमा मन्त्रीबाट राजीनामा दिएको प्रसंग उठाउँदै हालका अर्थमन्त्री जनार्दन शर्माले पनि राजीनामा दिनुपर्ने बताएका छन् ।
विश्वप्रकाशले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछी अर्थमन्त्रीबाट राजीनामा दिनुभयो !’
तत्कालिन अर्थमन्त्री महेश आचार्य र तत्कालिन गभर्नर डा. तिलक रावलबीच कुरा नमिले पछि आचार्यले रावललाई हटाएर पर्यटन विभागका दिपेन्द्र पुरुष ढकाललाई गभर्नर बनाएका थिए । पछि रावल सर्वोच्चको आदेशबाट राष्ट्र बैंक फर्किएपछि अर्थमन्त्री आचार्यले पदबाट राजीनामा दिएका थिए ।
कांग्रेस महामन्त्री शर्माले अर्थमन्त्रीको नाम उल्लेख नगरी उनको राजीनामा माग गरेका छन् । ‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस,‘नैतिक मुल्यको प्रस्तुतिलेनै सुन्दर बन्दै जान्छ राजनीति !,’ विश्वप्रकाशले नाम नलिई यसरी राजीनामा माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार