स्थानीय तहको निर्वाचनमा कुन पदमा उम्मेदवारी दिँदा कति धरौटी राख्नुपर्छ ?
नेपालबहस संवाददाता
बैशाख ७, २०७९ बुधबार १९:११:३४
७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरुको लागि फरक फरक धरौटी रकम राख्नुपर्ने व्यवस्था गरेको छ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ मा उम्मेदवारी दिँदा राख्नुपर्ने धरौटी रकमबारे स्पष्ट उल्लेख गरिएको छ ।
वडा सदस्य, वडा अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख लगायतका पदमा उम्मेदवारी दिँदा निश्चित रकम धरौटी राख्नुपर्नेछ । निर्देशिका अनुसार वडा सदस्य पदको लागि पाँच सय रुपैयाँ र वडा अध्यक्ष पदमा उम्मेदवारी दिँदा एक हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ ।
यस्तै अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख पदको लागि एक हजार पाँच सय रुपैयाँ र गाउँकार्यपालिका वा नगर कार्यपालिकाको सदस्य पदको लागि पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
जिल्ला समन्वय समितिको सदस्य पदको लागि एकहजार पाँचसय रुपैयाँ र जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदको लागि दुईहजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान राखिएको छ ।
महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा धरौटी रकममा पचास प्रतिशत छुट हुने निर्देशिकामा जनाइएको छ ।
‘कुनै एउटा पदको निर्वाचनमा एक व्यक्तिलाई उम्मेदवार मनोनयन गर्नको लागि एकभन्दा बढी मनोनयनपत्र दाखिला गर्नु परेमा एउटा मनोनयनपत्रको लागि मात्र धरौटी राख्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार