भीरकोटको राजनीतिमा यसरी उदाए यामप्रसाद अधिकारी ‘लक्ष्मण’
नेपालबहस संवाददाता
बैशाख ७, २०७९ बुधबार १९:१४:३२
७ बैशाख, स्याङ्जा । यही बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा अन्य स्थानीय तहमा जस्तै स्याङ्जाको भीरकोटमा पनि चुनावी माहोल तातिएको छ । भीरकोटमा बिशेष गरी नेपाली कांग्रेस र एमालेका नेता तथा कार्यकर्तालाई चुनावी रौनकले छपक्कै छोपेको देख्न सकिन्छ ।
यसपटक कांग्रेसबाट भीरकोट नगरपालिकाको मेयरमा कांग्रेसका नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण)ले उम्मेदवारी घोषणा गरिसकेका छन् । अधिकारी कांग्रेसका बलिया उम्मेदवार हुन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भीरकोटको नगर सभापतिमा विजयी अधिकारी २०७४ को स्थानीय निर्वाचनमा भीरकोट ५ बाट निर्वाचित वडाध्यक्ष समेत हुन् । युवा नेता अधिकारी भीरकोटको लोकप्रिय नेताको रुपमा कार्यकर्ता र जनतामाझ परिचित छन् ।
यसअघि वडाको नेतृत्व सम्हालिसकेका र पार्टीको नगर सभापति समेत बनेका अधिकारीलाई स्याङ्जाका वर्तमान सभापति राजु थापा, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, केन्द्रिय उपसभापति धनराज गुरुङ लगायत धेरै नेताहरुकोे समर्थन छ । अधिकारीले भीरकोटमा आफु बलियो रहेको बताईरहे पनि अब भीरकोटको नेतृत्वमा को आउँला भन्ने कौतुहलता धेरैमा रहेको छ । ९ वडा रहेको भीरकोटमा यसपटक २० हजार ७ सय ६९ मादाता रहेका छन् ।
लामो समयदेखि भीरकोटको राजनीतिमा रहेका यामप्रसाद अधिकारी को हुन् र उनी राजनीतिमा कसरी आए भन्ने विषय महत्वपूर्ण बनेको छ ।
को हुन् यामप्रसाद अधिकारी
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ५ साविक स्वरेक गाविस वडा नं ५ का स्थायी बासिन्दा अधिकारीको जन्म २०३९ सालमा भएको हो । २ दशकभन्दा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका अधिकारी नेपाली कांग्रेसभित्र इमान्दार र सिद्धान्तमा निष्ठावान नेताको रुपमा परिचित छन् । जिल्लामा खगेन्द्रराज रेग्मी, भोजराज अर्याल र स्व. कमल पंगेनीको अत्यन्तै नजिक रहेर काम गरेका उनी सांगठनिक रुपमा चतुर नेताको रुपमा चिनिन्छन् ।
१० बर्षको बाल्यकालदेखि नै कांग्रेसबाट प्रभावित अधिकारी २०४८ सालको निर्वाचनमा कापीको पन्नामा ४ तारे झण्डा लेराई ४ तारा चारै सिटको नारा लगाएको घटना आज पनि ताजै रहेको बताउँछन् । विगत १ दशकदेखि हुँदा खाँदाको व्यावसाय नै छोडेर उनी सक्रिय राजनीतिमा होमिएका छन् ।
२०६२/०६३ मा देशमा लोकतन्त्र ल्याउन अग्रणी भुमिका खेलेका अधिकारी कांग्रेसको १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि चुनिन सफल भए । त्यससँगै नगर र जिल्लामा उनको राजनीतिक प्रभाव विस्तारै बढ्दै गयो । २०५९ मा नेविसंघको क्याम्पस ईकाइमार्फत राजनीतिमा जोडिएका उनी दर्जनौं सामाजिक संघसंस्थामा संलग्न छन् ।
वालिङ उद्योग वाणिज्य संघको सदस्य, सहकोषाध्यक्ष तथा फर्निचर व्यवसायी संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्य समेत भएका अधिकारी वालिङ जेसीजका पूर्व अध्यक्ष समेत हुन् । कोभिड महामारीको बेला एम्बुलेन्सले समेत सेवा दिन डराईरहेको अवस्थामा अधिकारीले आफ्नो निजी सवारीमार्फत करिब ७ सय बिरामीलाई निशुल्क सेवा दिएका थिए । परोपकारी भाव र नेतृत्व क्षमता भएकै कारण नगर अधिवेशनले भीरकोट कांग्रेसको नेतृत्व गर्ने जिम्मा उनलाई नै दियो । त्यो सँगै ५ बर्षका लागि अधिकारी सभापतिमा चुनिए ।
२०५६ मा भएको आम निर्वाचनमा नेविसंघमार्फत सक्रिय भुमिका निर्वाह गरेका उनले माओवादी शान्ति प्रकृयामा आईसके पछाडि २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा र २०७० को संविधानसभा निर्वाचामा स्याङ्जा २ नम्वर क्षेत्रबाट चुनाब लडेका स्व. कमल पंगेनी जिताउ अभियानमा युवा परिचालनको जिम्मेवारी पाए । तत्कालीन अवस्थामा स्याङ्जामा ३ निर्वाचन क्षेत्र रहेको थियो । सो बेला दुई क्षेत्रमा कांग्रेसले जितेको थियो ।
उनी जनताका साना साना काममा पनि चासो दिँदै आफै फिल्डमा पुगेर काम गराउने क्षमता भएका नेताको रुपमा पनि परिचित छन् ।जुनसुकै बेलामा पनि जनता तथा कार्यकर्ताको फोन उठाउने र समस्या सुन्न तत्पर हुने नेताको रुपमा उनलाई भीरकोटे जनताले लिने गरेका छन् । २०७२ सालको भुकम्पमा जेसीजमार्फत तत्काल राहात तथा उद्धारको लागि उनले देखाएको तत्परता र सहयोगको अहिले पनि भीरकोट र वालिङमा बेलाबेलामा चर्चा हुने गरेको छ ।
विभिन्न समयमा भईपरि आउने दुर्घटनामा उद्धार तथा उपचारको लागि उनले खेल्ने गरेको भुमिकाको विषयमा स्याङ्जामा निकै चर्चा हुने गरेको छ । कोरोना महामारीको समयमा बिरामीले सवारी साधन नपाएको अवस्थामा अधिकारीले नै हस्पिटल पु¥याए । कोरोनाको कारण मृत्यू भएकाको आफन्त नहुदाँ आफै दाहसंस्कार पनि गरे । बिरामीहरुले बेड नै नपाएर छट्पटाई रहनु परेको अवस्थामा पनि उनले त्यसको व्यवस्थापन र उपचार गराउनको लागि महत्वपुर्ण भुमिका खेलेका थिए । अधिकारीलाई भीरकोटका अन्य पाटीका नेता तथा कार्यकर्ताहरुले पनि आदर्शको रुपमा लिने गरेको पाईन्छ ।
फर्निचर व्यावसायी संघको संस्थापक अध्यक्ष भएपछि फर्निचर व्यवसायीहरुको धरोहरको रुपमा समेत उनी परिचित छन् । उनले जिल्लामा फर्निचर व्यवसायी संघ स्थापनाको लागि निकै महत्वपुर्ण भुमिका रहेको छ । २०६२/६३ को जनआन्दोलन सफल बनाउनको लागि उनले खेलेको भुमिकाको अहिले पनि सबैतिर प्रशंसा हुने गरेको छ ।
नेपाली कांग्रेस भीरकोटको संगठन निमार्णमा उनले खेलेको भुमिका निकै अतुलनिय छ । कांग्रेसमै लागेको कारण माओवादीले देशमा सशस्त्र युद्ध गर्दै गर्दा उनीहरुको आँखाको तारो समेत बनेका थिए । तर पनि अधिकारी आफ्नो विचार र सिद्धान्तबाट कहिल्यै विचलित भने भएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार