पोेखरा महानगरमा रुख चिह्नबाट लडे मात्रै समाजवादीलाई भोट: कांग्रेस
नेपालबहस संवाददाता
बैशाख ७, २०७९ बुधबार २०:२३:६
७ वैशाख, काठमाडौं । शीर्ष नेताहरुको भागबण्डामा सत्ता गठबन्धनमा रहेको माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीको भागमा पोखरा महानगर परेपछि कांग्रेस विच्किएको छ भने एमाले आफुलाई जितका लागि सहज भएको निष्कर्षमा छ ।
नेकपा एसको पक्षमा महानगर गएपछि बुधबार विहानै देखि विभिन्न अडकलवाजी र गणीतीय हिसाव किताव पनि सुरु भएको छ । एमाले पक्षधरहरु गएरातीदेखिनै पोखरा महानगरमा फेरी आफ्नै पकड हुनेमा ढुक्क जस्तै बनेका छन् । स्थानीय माहोल र गत निर्वाचनको मत परिणामलाई हेर्दा पनि एमालेका लागि कांग्रेस भन्दा एसको उपस्थिति निकै सहज नै देखिएको छ ।
कास्कीमा कांग्रेस मतदाता नेतृत्वप्रति निकै आक्रोसित छन् । गठबन्धन नगरेरै ६० हजार भन्दा बढी मत कांग्रेसमा झर्ने उनीहरुको अनुमान थियो । स्थानीय बुद्धिजिविहरु पनि कांग्रेसको यो अनुमान स्वभाविक नै भएको बताउँछन् ।
यही परिस्थितिलाई मुल्याँकन गर्दै कांग्रेसका केही नेता र कांग्रेस समर्थक बुद्धिजिविहरुले गठबन्धनबाट नेकपा एसले नै नेतृत्व गर्ने र एमालेसंग प्रतिस्पर्धा गर्ने हो भने कांग्रेसको चुनाव चिह्न रुखबाट नै प्रतिस्पर्धा गर्नुपर्ने सुझाव दिइरहेका छन् ।
यी लगायतका विषयमा छलफल गर्न कास्की कांग्रेसले बुधबार पार्टीमा कार्यालयमा कार्यकर्ता भेला डाकेको छ । कास्की कांग्रेस सचिव भानु ढकालले उक्त भेलाले एकीकृत समाजवादीको जुनसुकै उम्मेदवार उठे पनि रुख चिह्न लिएर चुनाव लडे मात्रै सहयोग गर्ने निर्णय गर्ने जानकारी दिएका छन् ।
उनलेभने, ‘रुख चिह्नबाट लड्न तयार हुने हो भने कार्यान्वयन गरेर अगाडि जान्छौं, त्यसो गर्दा हामीलाई पनि अपनत्व महसुस हुन्छ । होइन भने संघर्षको कार्यक्रम अगाडि बढाउँछौं । गठबन्धनको बैठक बस्न दिन्नौं । चुनावी अभियानलाई पनि अवरोध गर्छौं ।’
यता, संस्थापन पक्षका कांग्रेस नेताहरु भने पोखराको मेयर आफ्नो पार्टीले नपाउँदा चुनावी परिणाममा असर पर्ने आंकलनमा छन् । पार्टीको निर्णय मान्नुपर्ने,गठबन्धनलाई नकार्न नमिल्ने र कांग्रेसले कम्युनिस्टहरुको जस्तो ह्वीप जारी गर्न नसक्ने अवस्थामा छन् ।
०७४ को चुनावमा पोखरा महानगरपालिकामा १ लाख २५ हजार ८५३ मत खसेको थियो । त्यसमध्ये एमालेका मानबहादुर जीसी ६० हजार १ सय १८ मतसहित पोखरा महानगरको प्रमुखमा निर्वाचित भएका थिए । त्यो बेला नेकपा एसको मत पनि यसैमा थियो ।
कांग्रेसका रामजी कुँवर ४६ हजार ४१६ मत ल्याएर पराजित बने । यसको अन्तर १३ हजार माथि छ । ०७४ मा प्रमुखमा माओवादीले कांग्रेसलाई सघाउँदा त्यति मत कुँवरले पाएका हुन । अहिले ३९ हजार ६ सय ४५ मतदाता थपिँदा कुल मतदाताको संख्या दुई लाख सात हजार ७ सय १२ पुगेको छ ।
७५ प्रतिशत मत खस्ने आकलन गर्दा पोखरामा मेयरको उम्मेदवारले चुनाव जित्न ६५ हजार मत ल्याउनुपर्छ । कांग्रेसले आफ्नो ६० हजार मत रहेको दाबी गर्दै आएको छ । समाजवादीले १७ हजार र माओवादीले २७ हजार मतदाता आफ्नो रहेको दावी गरेको छ । तर, कांग्रेसले अनुमान गरेको ६० हजारको आधा पनि मत नेकपा एसको चुनाव चिह्नमा नखस्ने अनुमान धेरैको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार