कास्कीमा व्यापक असन्तुष्टि, मेयरका लागि कांग्रेसले ११ वैशाखसम्म प्रयास गर्ने !
नेपालबहस संवाददाता
बैशाख ७, २०७९ बुधबार २०:१३:३९
७ वैशाख, पोखरा । हालै गठन भएको एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर पाउने भएपछि कांग्रेस कास्कीमा व्यापक असन्तुष्टि चुलिएको छ । आफ्नो पार्टीको संगठन मजबुत हुँदाहुँदै पनि मेयर अर्कै पार्टीलाई दिएको विरोधमा कार्यकर्ताले जिल्ला कार्यसमिति कार्यालयमा तालाबन्दी गरेका छन् ।
यसअघि कुनै हालतमा मेयर छोड्न नसक्ने बताएका उनीहरूले रुख चिन्हबाट चुनाव लडे सहयोग गर्न सकिने धारणासमेत राख्दै आएका छन् । कांग्रेस कास्की सचिव भानु ढकालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट उम्मेदवार जो भए पनि चुनाव चिन्ह रूख कायम गरेर जाने निर्णय गरियो ।’ उनले भनेजस्तो पार्टीभित्र भने कुनै निर्णय भएको छैन ।
यसअघि पनि उनले पार्टीको निर्णय भन्दै गठबन्धनबाट एकीकृत समाजवादीलाई हटाउने विज्ञप्ति निकालेका थिए । ढकाल विद्यार्थी राजनीतिबाट मूल पार्टीमा छिरेका हुन् । उनले निकालेको विज्ञप्ति भने सत्य नभएको सभापति किशोरदत्त बरालले नै खण्डन गरे । गठबन्धन दल एउटै चुनाव चिन्हबाट लड्ने सम्भावना पनि लगभग छैन ।
एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्य चुनाव चिन्हबारे छलफल नै अघि नबढेको बताउँछन् । उनले देशैभर एउटै चुनाव चिन्हमा लड्दा सहज हुने भए पनि त्यसबारे अहिले नै निर्णय लिने बेला नभएको बताए । ‘देशभर एउटै चिन्हमा गठबन्धन लडे राम्रै हुन्छ । तर छलफल भएको छैन,’ उनले भने, ‘नेताहरूलाई सुझाव दिने बेलामा हामी पनि कुरा त राखौंला । तर सम्भावना म देख्दिनँ ।’
पोखराको मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेसले पाउने गरी निर्णय भइसकेको छ । तर उम्मेद्वार को हुने भन्ने दलहरूले टुंग्याएका छैनन् । केन्द्रीय नेतृत्वको उक्त निर्णयको स्थानीयस्तरमा विरोध र आलोचना भने भइरहेको छ । जिल्ला सभापति बराल अन्तिम अवस्थासम्म पनि मेयरको दाबी नछोड्ने बताउँछन् ।
‘११ गतेसम्म पनि प्रयास गर्छौं । मेयर कांग्रेसले नपाए नतिजा निकाल्न सकिँदैन,’ सभापति शेरबहादुर देउवालाई भेटेर निस्किएपछि उनले भने, ‘हामीले त्यही ब्रिफिङ गरेका छौं ।’ उनीहरू निस्किनेवित्तिकै पोखराको निर्णय भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार