वीरगञ्ज-२ का वडा सदस्य अन्सारी जसपामा फर्के
आबिद हुसेन
बैशाख ७, २०७९ बुधबार २३:५२:५९
७ बैशाख, वीरगञ्ज । केही दिन अगाडि जसपा त्यागेर नेकपा एमाले प्रवेश गरेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का निर्वाचित वडा सदस्य मुस्तफा अन्सारी पुनस् जसपामै फर्केका छन् ।
अन्सारीले आज पुनस् जसपामा प्रवेश गरेका हुन् । उनलाई सङ्घीय सांसद् प्रदीप यादवले फुलमाला लगाएर पुनस् पार्टीमा फिर्ता ल्याएका छन् ।
जसपाको नेतृवसँग रुष्ट भएर एमाले प्रवेश गरेका अन्सारीसँग जसपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद् यादवले भेटघाट गरेर असन्तुष्टिहरु सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनि पुनस् जसपामा फर्केको बुझिएको छ ।
उनलाई प्रवेश गराउँदै सांसद् यादव अन्सारीको वापसीसँगै जसपामा उर्जा थपिएको बताए । ‘उहाँ जस्ता युवाहरु पार्टीको उर्जा हुनुहुन्छ । मुस्तुफाजी गएदेखि पार्टी अलि खल्लो जस्तो भएको थियो,’ यादवले भने, ‘फिर्ता आएपछि पार्टीमा रौनक बढेको छ ।’
यादवले जनतालाई एमालेले धेरै दिनसम्म भ्रमित पारेर राख्न नसक्ने बताए । मधेश आन्दोलन चलिरहँदा जनताको टाउको र छातीमा गोली चलाउने एमाले आज मधेशवादको खोल ओढेर यहाँको जनतालाई झुक्याउन खोजिरहेको उनले आरोपसमेत लगाए ।
अन्सारीको वापसीसँगै वडा नम्बर २ मा जसपा फेरी बलियो बनेको छ । वडाक मतदाताहरुको उनको राम्रो पकड छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
झारपातले कुरूप बन्दै राराताल
पुष १४, २०८१ आइतबार
तस्करी र भ्रष्टाचार नियन्त्रण श्रीलङ्काको प्रमुख प्राथमिकता
पुष १४, २०८१ आइतबार
सतिघाटमा फेरीबाट सवारी तथा ढुवानी साधन तार्दै
पुष १४, २०८१ आइतबार
आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या
पुष १४, २०८१ आइतबार
स्पोर्टस सुजका कारण जागिर गुमाएकी बेलायती युवतीले पाइन ३० हजार पाउन्ड
पुष १४, २०८१ आइतबार