वीरगन्जका मेयर सरावगीले गाडी फिर्ता गरे
आबिद हुसेन
बैशाख ७, २०७९ बिहिबार ०:१०:५
७ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख ‘मेयर’ बिजय कुमार सरावगीले महानगरपालिकालाई गाडी फिर्ता गरेका छन् । सरावगीले प्रयोग गर्दै आएको ना १ झ १६९८ नम्बरको गाडी मेयर सरावगीले वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चलराज पाण्डेलाई साँचो हस्तान्तरण गरेका हुन् ।
चुनावमा सरकारी गाडीको दुरुपयोग नहोस् भनेर आफूले गाडी फिर्ता गरिदिएको सरावगीले बताए । मेयरमा निर्वाचित भएलगत्तै आफूले महानगरपालिकाबाट कुनै सेवा सुविधा नलिने घोषणा गरेका सरावगीले गरेका थिए ।
तर उक्त घोषणाको एक वर्ष नबित्दै सुरक्षाका कारण भन्दै १ करोड ४४ लाख रुपैयाँमा पजेरो गाडी महानगरपालिकाको बजेटबाट खरिद गरी सरावगीले प्रयोग गर्दै आएका थिए ।
यस्तै वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाअध्यक्षहरुले पनि मोटरसाइकल बुझाइ सकेको महानगरपालिकाका प्रशासन शाखा प्रमुख रामकुमार कुश्वाहले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार