पाँच दलीय गठबन्धनको सहमतिमा किन राखियो ‘मित्रवत प्रतिस्पर्धा’को ढोका खुल्ला ?
नेपालबहस संवाददाता
बैशाख ७, २०७९ बिहिबार १:३७:०
७ वैशाख, काठमाडौं । सत्तारुढ दलहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्र मित्रवत प्रतिस्पर्धा गर्ने जनाएका छन् । यसको अर्थ हो माथिको निर्णय नमान्न पनि पाइने ।
पाँचदलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न दिएको निर्देशनमा ‘सहमति नभए मित्रवत प्रतिस्पर्धा’ गर्ने समझदारी भएको उल्लेख छ ।
अहिले कांग्रेसको भागमा नपरेका महानगरमा कांग्रेसका कार्यकताहरुले विरोध जनाउँदै रुख बाहेक अरुमा मतदान नगर्ने बताइरहेका छन् ।
केहि नेताहरुको बुझाइमा केन्द्रको निर्णय कायन्वयन गराउने अवस्थामा तल्लो तहमा रहेका समितिहरुको प्रयास असफल भएमा अन्तिम अवस्थामा एक्लै लड्नुपर्ने स्थितिलाई सामना गर्ने कण्डीशन राखिएको हो ।
सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिने विषयले तलका निकायमा अन्योलता पनि थपिदिएको छ । यो मौका पाएको अवस्थामा कांग्रेसभित्रै ठ”लो समस्या आउने विश्लेषकहरु बताउँछन् ।
पाँच दलले बुधबार ६ वटा महानगरपालिका र ११ वटा उप–महानगरपालिकामा भागबण्डा मिलाई जारी गरेको विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आज ६ वटा महानगरपालिका र ११ वटा उप–महानगरपालिकाको भागबण्डा मिलाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार