चुनाव चिह्न अंकित सामाग्रीको उत्पादन तत्काल बन्द गर्न निर्देशन, प्रयोग गर्नेलाई एक लाख जरिवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०७९ बिहिबार २:१९:४५
७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको अवस्थामा राजनीतिक दलले निर्वाचन चिह्न अंकित ज्याकेट, टिसर्ट लगायतका प्रचार सामाग्री प्रयोग गरिरहेको सूचना आएको भन्दै त्यस्तो कार्यलाई रोक्न निर्देशन दिएको छ ।
बुधबार विज्ञप्ति निकालेर आयोगले आचारसंहिता विपरीत चुनाव चिह्न अंकित सामग्री उत्पादन तथा बिक्री वितरण भइराखेको सूचना प्राप्त भएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई मातहतका उद्योग र फर्मलाई चुनाव चिह्न अङ्कित सामग्रीको उत्पादन नगर्न नगराउनका लागि परिपत्र गर्न समेत आयोगले भनेको छ ।
निर्वाचन आचार संहिताले निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट र पहिरनका साथसाथै स्टिकर, लोगो, झोला, ब्याच, ट्याटु लगायतका प्रचार सामाग्रीहरु उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ ।
आयोगले निर्वाचन आचारसंहिता सबै सरकारी, गैर सरकारी, निजी संस्था र यी संस्थासँग आवद्ध पदाधिकारी तथा कर्मचारीलाई पनि लाग्ने आयोगले बताएको छ ।
आयोगको अनुरोधलाई बेवास्ता गरी यदी कोही कसैले आचारसंहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७४ को दफा २३ बमोजिम आचारसंहिताको उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था रहेको जनाएको छ ।
निर्वाचन आचारसंहिताको पूर्ण पालनाका लागि गैरसरकारी वा निजी संस्थासँग सम्बद्ध पदाधिकारी तथा कर्मचारीलाई त्यस्ता सामग्री उत्पादन, बिक्री वितरण नगर्न नगराउन र राजनीतिक दल, दलका उम्मेदवार, दलका भातृ संगठन, कार्यकर्ता एवम् सम्बद्ध सबैलाई त्यस्ता सामग्री उपयोग एवम् खरिद समेत नगर्न नगराउन निर्वाचन आयोगले स्मरण गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार