प्रहरीका दुई डीआईजीसहित उच्च अधिकारीमाथि अख्तियारको आँखा
नेपालबहस संवाददाता
बैशाख ८, २०७९ बिहिबार १५:२२:२६
७ बैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका दुई डीआईजीसहित केही उच्च अधिकारीलाई छानविनको दायरामा तानेको छ । केही दिन अघि प्रहरी प्रधान कार्यालयलाई अख्तियारले पत्र लेखी उनीहरु कार्यरत रहेको कार्यालयको कागजात मागेपछि उनीहरुमाथि छानविन भएको खुलेको हो ।
अख्तियारले नेपाल प्रहरीको प्रबन्ध शाखाको कागजात मागेको थियो । त्यसैगरी उनीहरुसँग स्रोत नखुलेको सम्पत्ति रहेको उजुरीका आधारमा छानबिनको दायरामा ल्याएको हो । एसएसपी योगबहादुर पाल, एसपी मनोज यादव, एसपी प्रेम बस्नेत र डीएसपी सुधीरराज शाही लगायतमाथि छानविन सुरु भएको स्रोतले जनाएको छ ।
दुई डीआईजीहरुलाई अख्तियारले सम्पत्ति छानबिनका लागि १३ पन्ना भराइसकेको स्रोतले जनाएको छ । चार वर्षदेखि प्रबन्धमा रहेका एसपी बस्नेतमाथि अख्तियारले छानविन शुरु गरेको हो । उनी पहिला अख्तियारमै बसेर आएको भएपनि उनको बारेमा उजुरी परेपछि छानविनको दायरामा तानेको हो ।
उनी आउँदो जेठ महिनाबाट बिदा हुँदैछन् । विगत चार वर्षदेखि खरिद तथा प्रबन्धमा शाखामा रहेका एसपी बस्नेतले व्यवसायी र ठेकेदारसँग मिलेर गुणस्तरहीन कपडा बुझी प्रहरी कर्मचारीलाई गम्भीर घात गरेको आरोप लागेको छ । ठेकेदार तथा नेपाल प्रहरीका पूर्व सई ज्ञानेन्द्र बस्नेतको सेटिङमा गुणस्तरहीन कपडा ल्याएको, त्यो कपडा प्रहरी कर्मचारीले लगाउँदा तीन महिनापनि नटिक्ने आरोप लागेको छ । अख्तियारले सोही विषयमा अनुसन्धान शुरु गरेको हो । यसअघि पनि प्रहरीको खरिद प्रणाली पारदर्शी नभएको गुनासो अख्तियारमा पुगेपनि कुनै कारवाही भएको थिएन ।
त्यस्तै, एसएसपी पाल प्रहरीका विवादास्पद र पटक–पटक कारबाही भोगेका अधिकृत हुन् । राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका उनी सोलुखुम्बुमा हुँदा गम्भीर किसिमको घटनामा मुछिएर तानिएका व्यक्ति हुन् । उनले पछिल्लो समय नेपाली कांग्रेसका विभिन्न नेताहरुको नाम लिएर आर्थिक अनियमियता गरेको आरोप लागेको छ ।
एसपी यादव तीन हप्तासम्म पश्चिम नवलपरासीमा कार्यरत थिए । त्यहाँ उनले तस्करीको लाइन खुलाएर पैसा कमाएको स्रोत बताउँछ । त्यस्तै, उनको शैक्षिक प्रमाणपत्रसमेत शंकास्पद रहेको अख्तियारका एक अधिकारीले बताए । विगतमा पनि उनीमाथि छानविन भएकोमा छानविन रोक्न सफल भएका थिए । प्रहरीका अन्य केही उच्च अधिकारीविरुद्ध समेत उजुरी परेपनि विस्तृत छानविन गरिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार