बारामा प्रमुख निर्वाचन अधिकृतको कार्यालय उद्घाटन
नेपालबहस संवाददाता
बैशाख ८, २०७९ बिहिबार १७:४६:२
८ वैशाख, कलैया । निर्वाचनलाई निष्पक्ष एवं मर्यादित बनाउनका लागि बारामा प्रमुख निर्वाचन कार्यालयको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मी, जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले संयुक्तरूपमा कार्यालयको उद्घाटन गरेका थिए ।
निर्वाचन निष्पक्ष, तटस्थ, धाँधलीरहित हुनेमा कसैलाई शङ्का नगर्न प्रमुख निर्वाचन अधिकृत रेग्मीले प्रतिबद्धता व्यक्त गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै समन्वय समितिका संयोजक सिंहले दलहरूबीचको सहमति, सहकार्य र मित्रवत् सम्बन्ध कायम गरेर चुनावमा अगाडि बढ्न सुझाव दिँदै निर्वाचनका दौरानमा भए÷गरेका नाकारात्मक कुरालाई प्राथमिकता नदिई सकरात्मक कुरालाई सञ्चारमाध्यममा उजागर गर्न आग्रहसमेत गरे ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कटुवालले चुनावलाई मर्यादित, निष्पक्ष, शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि भरपुर सुरक्षा व्यवस्था मिलाइ मतदान केन्द्रसम्म जाने वातावरण मिलाउन आफू कटिबद्ध रहेको बताउँदै ढुक्क भएर मतदान गर्नका लागि सबैलाई आग्रह गरे । उनले प्रहरी प्रशासनले एक्लै मात्र चाहेर सबै थोक गर्न नसक्ने बताउँदै निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दल, नागरिक अगुवा, पत्रकारसहित सबैको सहयोगको उत्तिकै खाँचो रहेको स्मरण गरे।
निर्वाचनमा भाइचाराको सम्बन्ध गाँसी कुनै प्रकारको झैझगडा, होहल्ला, वादविवादमा नपरी शान्तिपूर्णरूपले अगाडि बढ्न प्रमुख जिल्ला अधिकारी कटुवालले सुझाव दिएका थिए । उनले मतदातालाई कसैको दबाब, प्रभावमा नपरी आफूलाई योग्य लागेका उम्मेदवारलाई नै चुनावमा मतदान गर्न आग्रहसमेत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
राजदूत सोङ ड्रागनको सिङमा पेन्ट गर्दै
पुष १४, २०८१ आइतबार
लक्ष्मी चण्डी मुरारका विद्यार्थी आन्दोलित
पुष १४, २०८१ आइतबार
अदुवा प्रशोधन गर्नका लागि तयारी थाल्दै
पुष १४, २०८१ आइतबार
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
पुष १४, २०८१ आइतबार
आन्तरिक तथा बाह्य पर्यटक बोट रेस हेर्दै
पुष १४, २०८१ आइतबार
सभामुखद्वारा झापाका हर्कराज राईलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस
पुष १४, २०८१ आइतबार