पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
नेपालबहस संवाददाता
बैशाख ८, २०७९ बिहिबार १८:६:५७
८ वैशाख, काठमाडौं । वेष्ट इन्डिज क्रिकेट टोलीका आक्रामक ब्याटर केइरन एड्रियन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास घोषणा गरेका छन् । ३४ वर्षीय पोलार्डले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बइ इन्डियन्स र चेन्नई सुपर किंग्सको खेलअघि बुधबार सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् ।
‘धेरै सोचविचारपछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेको छु,’ पोलार्डले भनेका छन् । यस्तै आफ्नोसमेत अन्य युवा जस्तै राष्ट्रिय टोलीबाट खेल्ने सपना भएको र त्यो समेत पूरा भएको पोलार्डले लेखेका छन् ।
‘१० वर्षको हुँदै नै राष्ट्रका लागि खेल्ने सपना थियो । टी-२० र एकदिवसीयमा देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्छु,’ पोलार्डले लेखेका छन् ।
पोलार्डको सन्याससँगै अब वेष्ट इन्डिजले अर्को वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकप र भारतमा आयोजना हुने एकदिवसीय क्रिकेटका लागि नयाँ कप्तान खोज्नेछ ।
पछिल्लो १५ वर्षका पोलार्डले वेष्ट इन्डिजका लागि ११३ एकदिवसीय खेलिसकेका छन् । सन् २००७ मा साउथ अफ्रिकाविरुद्ध डेब्यु गरेका पोलार्डले त्यसयता २७०६ रन बनाएका छन् । जसमा तीन शतकसमेत सामेल छ ।
उनले १०१ टी-२० खेल खेल्दा ५५ विकेट लिएका छन् भने १५६९ रन बनाएका छन् । पोलार्डले वेष्ट इन्डिजका लागि हालसम्म टेष्ट क्रिकेट खेलेका छैनन् । तर, उनले देशका लागि टी-२० र एकदिवसीय खेलमा भने क्रान्ति नै ल्याएका छन् ।
पोलार्ड टेष्ट खेलविना अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सर्वाधिक खेल्ने दोस्रा खेलाडी हुन् । उनले २२४ खेल खेलेका छन् । जुन डेविड मिलरभन्दा कम हो ।
अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका पोलार्डले क्लब प्रतियोगितामा भने आफ्नो निरन्तरता दिनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार