एमाले गएका २ जना वडा सदस्य पुन : जसपामै फर्के
नेपालबहस संवाददाता
बैशाख ८, २०७९ बिहिबार १८:५६:४
८ वैशाख, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल ‘जसपा’त्यागेर नेकपा एमाले प्रवेश गरेका नेताहरु धमाधाम पुन: जसपामै फिर्ता आउन थालेका छन् । बुधबार मात्रै जसपा त्यागेर एमाले गएका दुई जना वडा सदस्य पुनस् जसपामै फर्केका हुन् ।
जसपा फर्किनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बाट निर्वाचित नगर परिषद् सदस्य मुस्तुफा अन्सारी र वडा नम्बर ५ का नगर परिषद् सदस्य सुरज कुर्मी रहेका छन् ।
जसपाको नेतृत्वसँग असन्तुष्टिका कारण पार्टी त्यागेर एमाले गएका उनीहरु पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् प्रदीप यादव र युवा नेता राजेशमान सिंहको विशेष पहलमा फिर्ता आएका हुन् । नेतृत्वले असन्तुष्टिलाई सम्बोधन गर्ने आश्वासन दिएपछि उनीहरु फिर्ता आएको बुझिएको छ ।
फिर्ता आएका दुवैलाई सांसद् यादव र नेता सिंहलगायतले फुलमाला लगाई जसपाको वीरगञ्जस्थित सम्पर्क कार्यालयमा स्वागत गरेका थिए ।
उनीहरुलाई स्वागत गर्दै सांसद् यादवले नेकपा एमालेले मधेशवादको खोल ओढेर यहाँको जनतालाई झुक्याईरहेको आरोप लगाए । मधेशी जनतामाथि गोली प्रहार गर्ने एमाले आज मधेशवादी बनेर भ्रम फैलाइरहेको उनले बताए ।
त्यसैगरी वीरगञ्ज महानगरपालिकाको जसपाबाट मेयरको उम्मेदवारसमेत रहेका राजेशमान सिंहले मुस्तफा र कुर्मीको प्रवेशले जसपा थप शसक्त बनेको जिकिर गरे ।
उनले महानगरमा जसपा भारी बहुमतले विजयी हुने दावी गर्दै एमालेको पत्ता साफ हुने बताए । उनीहरुलाई स्वागत गर्नेमा युवा नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायतको रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
सतिघाटमा फेरीबाट सवारी तथा ढुवानी साधन तार्दै
पुष १४, २०८१ आइतबार
आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या
पुष १४, २०८१ आइतबार
स्पोर्टस सुजका कारण जागिर गुमाएकी बेलायती युवतीले पाइन ३० हजार पाउन्ड
पुष १४, २०८१ आइतबार
खेलका माध्यमबाट समृद्ध मुलुक निर्माणमा योगदान पुग्नेः मन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
राजदूत सोङ ड्रागनको सिङमा पेन्ट गर्दै
पुष १४, २०८१ आइतबार