कास्कीमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय
नेपालबहस संवाददाता
बैशाख ८, २०७९ बिहिबार २०:३२:३८
८ बैशाख, पोखरा । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । जिल्लाका पाँचवटै स्थानीय तहमा निर्वाचन अधिकृत खटाएर कार्यालय सञ्चालनमा ल्याइएको हो ।
पोखरा महानगरपालिका अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रूपा गाउँपालिका र मादी गाउँपालिकामा बिहीबारदेखि निर्वाचन अधिकृतको कार्यालय खोलिएको निर्वाचन कार्यालय पोखराले जनाएको छ ।
पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ भने अरु पालिकामा निर्वाचन अधिकृतहरू खटिएका छन् । यहाँ मुख्य निर्वाचन अधिकृतको रूपमा श्रीकृष्ण भट्टराई तोकिएका छन् भने अन्नपूर्णमा विष्णुप्रसाद आचार्य, मादीमा दुर्गाप्रसाद भट्टराई, माछापुच्छ्रेमा नवराज दंगाल र रूपामा रुद्रप्रसाद सुवेदीलाई निर्वाचन अधिकृतका रूपमा खटाइएको हो ।
११ र १२ वैशाखमा स्थानीय निर्वाचनको लागि मनोनयन हुँदैछ । त्यसका लागि बिहीबार नै अधिकृतसहित कर्मचारी खटाएर काम अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार आवश्यक सामग्री र जनशक्ति व्यवस्थापन सुरु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै
पुष २९, २०८१ सोमबार