गठबन्धन भत्काउने खोज्नेहरु आत्तिएका बेला असन्तुष्ट साथीहरुले तालमेलको मर्म बुझ्नुपर्छः अध्यक्ष प्रचण्ड
नेपालबहस संवाददाता
बैशाख ८, २०७९ बिहिबार २२:१७:१९
८ वैशाख, कैलाली । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ महानगर र ११ उपहानगरमा उम्मेदवार उठाउने विषयमा भएको सहमतिले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको बताएका छन् । उनले अहिले असन्तुष्ट रहेका गठबन्धनका साथिहरुले पनि तालमेलको मर्म चाँडै बुझ्ने बताएका छन् ।
कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन भत्काउने प्रयासलाई आफूहरुले असफल बनाएको दाबी गरे । बुधबार गठबन्धनका पाँच दलबीच ६ महानगर र ११ उपमहानगरमा भएको भागबन्डाले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको उनको भनाइ छ ।
देशको नेतृत्व लिन माओवादी केन्द्रलाई कसैले रोक्न नसक्ने भन्दै उनले इँटको जवाफ पथ्थरले दिन कार्यकर्तालाई अपिल गरे । देशको राजनीति पनि माओवादी केन्द्र वरिपरि घुमिरहेको भन्दै उनले प्रचण्ड व्यक्ति नभएको बताए । सुदूरपश्चिमको तागत र शक्ति लिएर आफू काठमाडौं फर्किने प्रचण्डले बताए ।
उनले गठबन्धनका दलहरुभित्र नमिलेका कुरा छिट्टै मिल्ने विश्वास समेत व्यक्त गरे । निर्वाचनको बेला देखिने असन्तुष्टि लोकतन्त्रकै एउटा रुप भएकोले त्यसलाई अन्यथा लिन नहुने उनले जनाए । गठबन्धनमा मात्रै होइन एउटै दलभित्र समेत एउटाले टिकट पाउँदा अर्को असन्तुष्ट हुनु स्वभाविक भएको उनको भनाई छ ।
उनले भने, ‘झन् गठबन्धन नै तालमेलमा जाने भएपछि यसलाई सामान्यरुपमा लिनुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर अहिले देखिएका सबै असन्तुष्टि हल हुन्छन् । गठबन्धनका दलहरुले निकै सुझबुझका साथ निर्णय गरेका छौं । अहिले असन्तुष्ट देखिएका साथीहरुले समेत तालमेलको मर्म बुझ्छन् । हामी एकढिक्का भएर अघि बढ्छौं ।’
अध्यक्ष प्रचण्डले केन्द्रमा महानगर र उपमहानगरपालिका तालेमलबारे गठबन्धनले गरेको निर्णयको स्पिरिट अनुसार नगर र गाउँपालिकामा समेत गठबन्धन हुने दाबी गरे । उनले केही स्थानमा सम्भव नै नभएमा मात्र स्वस्थ्य प्रतिष्पर्धा हुने जनाए ।
‘अहिले संविधानविरोधी, अग्रगमनविरोधी र उपलब्धि उल्ट्याउन खोज्नेहरु एक ठाउँ पुगेका छन् । यसबाट पनि हामी सही छौं भन्ने देखाएको छ । देश दुर्घटनामा पर्ने बेला माओवादी र यसको नेतृत्वले खेलेको भूमिका सहि प्रमाणित भएको छ,’ अध्यक्ष प्रचण्डले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार