नेपालगञ्जमा शाखा खोलेर सडकआश्रित मानवको उद्धार गर्दै मानवसेवा आश्रम
नेपालबहस संवाददाता
बैशाख ८, २०७९ बिहिबार २२:४९:५०
८ बैशाख, बाँके । मानवसेवा आश्रम ‘मानवता प्रवर्द्धन महाअभियान’ ले नेपालगञ्ज शाखा विस्तार गरेर सहयोगापेक्षी ‘बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर’ सडकआश्रित मानवहरुको उद्धार सुरु गरेको छ ।
मानवसेवा आश्रमको १९ औं जिल्ला शाखाको रुपमा बाँके जिल्लाको नेपालगञ्जमा शाखा विस्तार गरिएको केन्द्रीय सदस्य सृजना ओलीले बताइन् । संस्थाले कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा शाखा विस्तार गरिरहेको भएपनि यि तिनै प्रदेशका शाखासँग समन्वय गर्ने र नेपालगञ्ज आफैमा ठुलो शहर भएकोले यहाँका सडकमानवको व्यवस्थापनका लागि नेपालगञ्जमा शाखाको महशुस भएपछि नयाँ बर्षको अवसर पारेर शाखा विस्तार भएको हो ।
बर्दिया जिल्लाको गुलरीया नगरपालिकाको सडकमा बेवारिसे जीवनयापन गरिरहनुभएको एक ६९ बर्षीय महिलाको उद्धार गरी शाखाको सुरुवात भयो ।
हेटौंडा उपमहानगरपालिकाबाट सुरुवात भएको संस्थाको हाल १८ जिल्ला शाखा सञ्चालनमा छन् जसमा करिब १५०० जना विभिन्न उमेरसमूहका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा रहन बाध्य भएका व्यक्तिहरुको उद्धार गरेर संरक्षण गरेको छ । संस्थाले वि।स २०८२ सालसम्म देशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने लक्ष्य लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार