सिन्धुलीका सबै स्थानीय तहमा गठबन्धनले लगायो भागबन्डा, नेकपा एस शून्य
नेपालबहस संवाददाता
बैशाख ८, २०७९ बिहिबार २२:५१:४०
८ वैशाख, सिन्धुली । सत्ता पक्षीय गठबन्धनले सिन्धुलीका सबै १० स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबन्डा गरेको छ । केन्द्रीय गठबन्धनको नीतिअनुसार ३० वैशाखमा हुने निर्वाचनमा जिल्लामा पनि भागबन्डा भएको छ । आज बसेको गठबन्धन दलको बैठकले भागबन्डा लगाएका हुन् ।
जसअनुसार कमलामाई नगरपालिकाको मेयर नेपाली कांग्रेसले पाएको छ भने उपमेयर नेकपा माओवादी केन्द्रले पाएको छ । यस्तै, दुधौलीको मेयर नेकपा माओवादी केन्द्रलाई र उपमेयर नेपाल कांग्रेसको भागमा परेको छ । तीन पाटन गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाएको छ ।
फिकल गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादीको भागमा परेको छ । गोलनजोर गाउँपालिकाको अध्यक्ष पनि नेपाली कांग्रेसले र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाएको छ ।
यसैगरी, सुनकोसी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले पाएको छ भने उपाध्यक्ष कांग्रेसको भागमा छ । घ्याङलेक गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसले पाएको छ भने उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ ।
बैठकले मरिक गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसको भागमा पारेको छ भने उपाध्यक्ष माओवादी केन्द्रलाई दिएको छ । यस्तै हरिहरपुर गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेपाली कांग्रेसले पाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार