कांग्रेस र माओवादीसँग पनि तालमेल हुन सक्ने एमाले सचिवालय बैठकको निष्कर्ष
नेपालबहस संवाददाता
बैशाख ८, २०७९ बिहिबार २३:४७:१३
८ वैशाख, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले वैशाख ३० को निर्वाचनमा कतिपय स्थानीय तहमा माओवादी र कांग्रेससँग पनि तालमेल हुन सक्ने निष्कर्ष निकालेको छ । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी छनोट, निर्वाचनको तयारीलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमाथि बैठकमा छलफल भएको हो ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सचिवालय बैठकपछि यस्तो जानकारी गराएका हुन् । एमालेले राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, परिवार दलसहितका पार्टीसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ ।
‘कतिपय स्थानीय तहमा कांग्रेस र माओवादीसँग पनि तालमेल हुन सक्छ,’ उनले भने, ‘पोखरा महानगरको हकमा प्रदेश सभा सदस्यलाई अघि सार्दैनौँ त्यहाँ जुनसुकै बेला सरकार ढल्न सक्ने अवस्थामा छ ।’ गण्डकी सरकार जुनसुकै बेला ढल्न सक्ने भएकाले प्रदेश सभा सदस्यलाई उमेदवार नबनाउने निर्णय भएको पनि उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार