ललितपुरमा स्थानीय निर्वाचनको कमाण्ड महिलाको काँधमा
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार १६:३२:०
९ वैशाख, ललितपुर । ललितपुरमा आसन्न स्थानीय तहको निर्वाचनको कमाण्ड महिलाले सम्हालेका छन् । ६ स्थानीय तह रहेको ललितपुर जिल्लामा ४ मा निर्वाचन गराउने जिम्मा महिलाले लिएका छन् । बाँकी दुई पालिकामा मात्र पुरुष मुख्य निर्वाचन अधिकृत छन् ।
त्यति मात्र होइन ललितपुरको जिल्ला निर्वाचन कार्यालय पनि गोमा धमलाले सम्हालेकी छन् । महालक्ष्मी नगरपालिकामा सर्वोच्च अदालतकी एजलास अधिकृत शारदा फुयाल, गोदावरीमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयकी श्रद्धा अर्याल, कोन्ज्योसोम गाउँपालिकामा सर्वोच्च अदालतकै इजलास अधिकृत देविकुमारी चौधरी र माहांकाल गाउँपालिकामा ललितपुर सरकारी वकील कार्यालयकी उपन्यायाधिवक्ता सुशीला ज्ञवाली मुख्य निर्वाचन अधिकृत छन् ।
जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीले ललितपुर महानगरमा र पाटन उच्च अदालतका उपरजिष्ट्रार नागेन्द्रकेशरी बागमती गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेका छन् ।
निर्वाचन प्रमुख धमलाका अनुसार जिल्ला निर्वाचन कार्यालय सात जना दरबन्दीमध्ये पाँच महिला छन् । उनी भन्छिन्, यो निर्वाचनमा ललितपुरमा हामी बहुसंख्यक महिलाले नै मिलेर गरिरहेका छौं ।’
कोञ्ज्योसोम गाउँपालिका जानुअघि जिल्ला निर्वाचन कार्यालयमा भेटिएकी निर्वाचन अधिकृत चौधरीले आफूले सजिलै जिम्मेवारी पूरा गर्ने विश्वास रहेको बताइन् । उनले भनिन्,‘चौघरे पुगेर आइसकेको छु । सबै स्थानीय जनप्रतिनिधि सहयोगी पाएँ । काम गर्न सझिलो रहेछ ।’
निर्वाचनको काममा धेरैपल्ट खटिएको अनुभव सुनाउँदै चौधरीले पहिलोपल्ट निर्वाचन अधिकृतको जिम्मेवारी पाएको भन्दै खुशी व्यक्त गरिन् ।
गोदावरी नगरमा निर्वाचन गराउन खटिएकी श्रद्धा रिजाल आफूले पाएको जिम्मेवारीलाई अवसरको रुपमा लिएको बताउँछिन् । भन्छिन्, ‘चुनौती त सधैँ हुन्छ । सरकारले हामीलाई विश्वास गरेर पठाएको छ । हामी सक्षम छौं भन्ने सकारात्मक सन्देश समाजमा प्रवाह भएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार