मनोनयन दर्ता गर्न दुई दिन बाँकी, उम्मेदवारको टुंगो लगाउन दलहरुलाई सकस
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार १६:५४:३४
९ वैशाख, काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई उम्मेदवारको मनोनयन दर्ताका लागि ११ र १२ गतेको समय दिएको छ । दुई दिन बाँकी रहँदा पनि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेसहितका दलले उम्मेद्वारको टुंगो लगाउन सकेका छैन ।
निर्वाचन आयोगका अनुसार ११ वैशाखदेखि सुरु हुने मनोनयन दर्ता हुनेछ । तर, सत्तारुढ पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरपालिकाको भागवण्डा गरे पनि उम्मेद्वारको टुंगो लगाउन अझै सकेका छैनन् भने प्रतिपक्ष एमाले १० वैशाख उम्मेद्वार टुंग्याउने घोषणा गरेको छ ।
नेपाली कांग्रेसले मुख्यतः महानगर र उपमहानगरमा उम्मेद्वार चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने एमालेले शनिबारको बैठकबाट निर्णय लिने भएको छ । कांग्रेसभित्र पनि आन्तरिक विवाद मिलेको छैन् ।
नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाका लागि रेणु दाहाललाई दोहो¥याउने जनाइरहेका बेला नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीले भने अझै निर्णय लिन सकेका छैनन् ।
हाललाई आन्तरिक छलफलमा रहेको जनाउँदै ११ वैशाखभित्रै निर्णय लिने गरी राजनीतिक दललाई दबाब बढ्दै गएको छ । शुक्रबार र शनिबारसम्ममा दलहरुले उम्मेदवार चयन गरिसक्नुपर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार