आचारसंहिता पालनामा दलहरु जिम्मेवार बन्नुपर्छ
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार १८:१४:५
९ वैशाख, बलेवा । बागलुङका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बुधबार नै सरोकारवाला पक्षसँग निर्वाचन आचारसंहिता र निर्वाचनका कार्यक्रमलगायतका विषयमा छलफल थालेका छन् ।
राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै न्यौपानेले निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउने जिम्मेवारी दलहरुकै भएको बताए। आचारसंहिता कार्यान्वयनमा दलहरु जिम्मेवार नभए निर्वाचन शान्तिपूर्ण हुन नसक्ने उनको तर्क थियो । “निर्वाचन आचारसंहिता आफ्ना लागि दलहरु आफैँले बनाएको हो, दलहरु नै यसको कार्यान्वयनमा जिम्मेवार बन्नुपर्छ”, उनले भने, “हामी कर्मचारीले निगरानी गरेर मात्रै कार्यान्वयन हुने विषय होइन ।”
बुधबार नै पत्रकारसँग छलफल गर्दै न्यौपानेले सही सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गरे। गलत सूचनाका कारण भय र द्वन्द्वको वातावरण सिर्जना हुनसक्ने भन्दै उनले निर्वाचनमा सफल बनाउने जिम्मेवारी सबैको भएको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार