एमाले बर्दिबासमा उम्मेदवार सिफारिस भएका नामप्रति असन्तुष्टि
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार १८:४३:२८
९ वैशाख, महोत्तरी । नेकपा एमाले बर्दिबास नगर कमिटीले सिफारिस गरेका नामहरूप्रति नगर प्रमुखका दाबेदारहरूले असन्तुष्टि जनाएका छन् ।नगर प्रमुखका प्रमुख दाबेदार गुन्ज खड्काले नगर कमिटीबाट सिफारिस भएका नाम पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियाअनुसार नभएको बताए ।
`उम्मेदवारहरूको मूल्यांकन तल्लोस्तरको कार्यकर्तालाई जिम्मा दिनुपर्ने हो तर यहाँ त नगर कमिटीले आफूखुसी निर्णय गर्यो,´ खड्काले भने । सर्वसम्मतिबाट टुंगिएको वडाध्यक्ष उम्मेदवारको नामलाई पुन: नगर प्रमुखमा समेत सिफारिस गरेर पार्टीभित्रको आन्तरिक अलोकतान्त्रिक प्रक्रियालाई बढावा दिएको उनको भनाइ छ । नेता खड्का आफै पनि एमाले बर्दिबास नगरपालिकाका बलिया उम्मेदवार हुन् ।
नगरभित्र टेकबहादुर बलाम्पाकी, फाल्गुन सुस्लिङ मगर, चन्द्रलाल क्यापछाकी, केदारबहादुर बस्नेत, कुमार भण्डारी, शारदादेवी थापा, शरद पोखरेललगायतले नगर प्रमुखका लागि दाबी गरेका छन् । ‘यदि पाटीले मूल्यांकन गर्ने हो भने गुन्ज खड्कालाई मूल्यांकन गर्नुपर्छ अनि पार्टी मात्र हैन नगर नै समृद्ध बन्छ,’ बर्दिबास-३ का उमेश खड्का भन्छन् । तीन दशकदेखि राजनीतिमा सक्रिय खड्काले एमालेको सांगठनिक निर्माणमा निक्कै ठूलो भूमिका खेलेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार