भीरकोटका अब्बल उम्मेदवारकाे चर्चामा छन् यामप्रसाद उर्फ लक्ष्मण अधिकारी
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार १९:९:५९
९ बैशाख, स्याङ्जा । केही वर्ष अघिसम्म आफ्नो व्यवसायमा रमाईरहेका सफल युवा व्यवसायी थिए, यामप्रसाद अधिकारी अर्थात् लक्ष्मण । स्थानीयले उनलाई विनम्र स्वाभावको मिलनसार युवा उद्यमीका रूपमा चिनेका थिए । पारिवारिक पृष्ठभुमि कांग्रेस भएका यामप्रसाद अधिकारीको राजनीतिमा त्यति धेरै सक्रियता थिएन । हुनपनि, २० वर्षदेखि स्थानीय निर्वाचन भएको थिएन । त्यसकारण पनि उनी वयस्क रूपमा हुर्कँदा एउटा पनि स्थानीय चुनावमा उनले भोट समेत हालेका थिएनन् ।
तर युवा व्यवसायीका रूपमा वालिङलाई आफ्नो कर्मथलो बनाएका अधिकारी आफ्नो गाउँमा सामाजिक काममा भने अगुवाको रूपमै सक्रिय थिए र देस्रो जनआन्दोलनमा आफ्नो क्षेत्रमा युवाहरुको नेतृत्व लिन भने उनी पछि परेनन् । उनको सहज र मिलनसार व्यक्तित्व तथा समाधान दिने स्वभावले गर्दा स्थानीय निर्वाचनमा वडाध्यक्षको पदमा उम्मेदवारी दिनको लागि चर्को दबाब आयो।
आफ्नो भर्खर भर्खरै स्थापित गरेर सफल बनाएको व्यवसायको माया मारेरै उनी राजनीतिमा होमिए। आफ्नो गाउँमा कृषिका लागि सामुहिक प्रयत्न, पर्यटकीय क्षेत्र स्वरेक मैदानको मास्टर प्लान अनुसार विकास र आफ्नो वडाका सबै दुर्गम क्षेत्रलाई ग्रामीण सडकद्वारा जोडेर गाउँले जनताको जीवन सहज बनाउन उनले काम गरेका थिए । त्यसैबीचमा कोभिडको प्रकोप आईलाग्यो।
“शुरुदेखि नै समाजसेवामा रुचि भएको मेरो मनमा नयाँ जिम्मेवारी बोध भयो। कोरोनाको महामारीले गर्दा धेरै जनताको बिचल्ली देखें । मन थाम्नै सकिन, आफ्नै गाडीमा अक्सिजन सिलिन्डर राखेर गाउँ गाउँमा एकल एम्बुलेन्स सेवा जस्तै बनाएर हिडें।” अधिकारी भावुक हुँदै ती दिन सम्झन्छन्।
पीपीई लगाएर, एक्लै, आफ्नै गाडीमा आठ सय भन्दा बढी गाउँले बिरामीलाई उनले अस्पताल पुर्याएका छन्। कोरोनाबाट मृत्यु भएका केहीको अन्तिम संस्कार समेत प्रोटोकल पुर्याएर आँफैले गरेका छन्। “परिवारका कोही विदेशमा अड्केर बसेका छन्, कोही आँफै सिकिस्त छन् । यता कोरोनाले गर्दा मृत्यु भएको छ। के गर्ने ? केही साथीहरु जुट्यौं र हामी मिलेर नै दाह संस्कार गर्यौं । यामप्रसाद अधिकारी दाईको गाडी एम्बुलेन्स त बनेकै थियो, हामी जुटेर अन्तिम संस्कार समेत गर्यौं ” अधिकारीका मित्र तथा तरुण दल भीरकोटका अध्यक्ष राजकुमार गुरुङ भावुक हुँदै सम्झन्छन्।
कोरोनाको प्रभावले स्कूल बन्द हुँदा अनलाइन शिक्षा शुरु भयो। वडाअध्यक्ष यामप्रसाद अधिकारीले विद्यार्थीहरुका लागि निशुल्क इन्टरनेट सेवा शुरु गरे। सम्भवतः विद्यार्थीका घरमा निशुल्क ईन्टरनेट सेवा शुरु गर्ने उनी प्रथम वडाध्यक्ष हुन्।
आम जनताको सरोकारका विषयमा आफ्नो सबै कुरा समर्पण गरेर लागेका अधिकारीलाई स्थानीयले आफ्नो क्षेत्रको लोकप्रिय नेता मानेका छन्। “अहिले वहाँ हाम्रो नगरको सफल वडाअध्यक्षमा गनिनु भएको छ। यताका जनताले त स्वर्गीय कमल पंगेनीपछि यो क्षेत्रमा एउटा सम्भावना भएको नेता हामीले पाएका छौं भन्न थालेका छन्,ङ्ख स्थानीय बासिन्दा तथा कृषक शेषकान्त तिवारीले भने।
हालै, नेपाली कांग्रेस भीरकोटका सभापति निर्वाचित अधिकारी अहिलेको स्थानीय निर्वाचनमा नगर प्रमुखको प्रबल दावेदार र जित्ने उम्मेदवारका रूपमा हेरिएका छन्। भिजन भएका, उर्जावान, आम जनताको सरोकारका विषयमा होमिएका त्यागी नेतालाई नगर प्रमुखको रूपमा जिम्मेदारी दिएर नगरको विकासमा फड्को मार्न सकिने स्थानीय जनताको सोच रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै
पुष २९, २०८१ सोमबार