सिन्धुपाल्चोकबाट माओवादी र नेकपा एसले केन्द्रमा पठाए पत्र
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार १८:५७:४४
९ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्न दुई दिन बाँकी रहेका बेला नेकपा एमालेसँग कांग्रेस मिल्न लागेको भन्दै नेकपा माआवादी र नेकपा एसले पार्टीको केन्द्रिय कार्यलयलाई पत्र पठाएका छन् ।
केन्द्रमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन गर्ने निर्णय भए पनि सिन्धुपाल्चोकमा भने गठबन्धन संकटमा परेको छ । गठबन्धनमा आवद्ध दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस गठबन्धनका विषयमा इमान्दार नभएको भन्दै केन्द्रलाई पत्र लेखेको हो ।
कांग्रेसले एमालेसँग गठबन्धन गर्न लागिपरेको समेत उनीहरुको आरोप छ । माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नवराज पौडेलले हस्ताक्षर गरेको पत्रमा संयन्त्रको बैठक संयोजनको जिम्मेवारी प्राप्त दल नेपाली कांग्रेसका तर्फबाट बैठकको आह्वान नभएको उल्लेख छ ।
पत्रमा बैठक बोलाएका दिन पनि मुख्य निर्णायक भूमिकामा रहनुहुने नेता तथा केन्द्रीय सदस्यको अनुपस्थितिका कारण वार्ताको वातावरण नबन्ने अवस्था सिर्जना भएको उल्लेख छ ।
गम्भीर विषय हाल गठबन्धन दलको सात बुँदे निर्देशन विपरीत नेपाली कांग्रेसका तर्फबाट नेकपा एमालेसँग वार्ता अगाडि बढाई गठबन्धनको मर्म र भावनाभन्दा बाहिरका शक्तिका बीचमा पालिका प्रमुख, उपप्रमुखसमेतको बाँडफाँट गरेको पाइएकाले यस सम्बन्धमा तत्काल शीर्ष नेतृत्वको ध्यानाकर्षण गराई आवश्यक कदम चाल्नुपर्ने देखिएकाले प्रदेश स्तरीय संयन्त्रबाट आवश्यक कदम चाल्न भन्दै पत्र लेखिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार