पत्रकार सम्मेलनमार्फत जनकपुरका असन्तुष्ट कांग्रेस नेताहरुले सामूहिक राजीनामा दिँदै
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार १९:२२:३८
९ वैशाख, जनकपुर । गठबन्धनका कारण जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टीको भागमा गएकोभन्दै कांग्रेस जनकपुर उपमहानगर सभापतिसहित केही पदाधीकारी र सदस्यहरुले सामूहिक राजीनामा दिने भएका छन् ।
उपमहानगर सभापति मनोज साहलगायत असन्तुष्ट नेता कार्यकर्ताहरुले पार्टीबाट राजीनामा दिन लागेका हुन् । सभापति साहले वडा नम्बर १५ का वडाअध्यक्ष, सम्पूर्ण पदाधीकारी, टोल समिति र सम्पूर्ण नेता कार्यकर्ताले राजीनामा दिन लागेको जानकारी दिए । उनले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन् ।
केन्द्रले गठबन्धनको नाममा जनकपुरमा कांग्रेस सिध्याउन लागिपरेको र जसपलाई पार्टी वुझाउन लागिपरेको उनको आरोप छ । यता, धनुषा जिल्ला सभापति योगेन्द्र पंजियारले पनि नगर सभापतिसहित असन्तुष्टहरुले राजीनामा दिने तयारी गरेको आफूले थाहा पाएको बताए ।
पंजियारले केन्द्रले आफूहरुको मनोभावना विपरित जनकपुरमा गठबन्धन भएको पनि बताउँदै आफूहरुलाई मधेसवादी दलहरुले शत्रु देख्ने गरेकोभन्दै सिङ्गो प्रदेशनै मधेसवादी दलहरुलाई सभापति देउवाले वुझाउने षडयन्त्र भएको बताए ।
सभापति पंजियारले नगर समितिले राजीनामा दिएर स्वतन्त्र उमेदवारी दिने तयारी गरिरहेको जानकारी दिए । यसबारे केन्द्रले भने कुनै प्रतित्रिया जनाएको छैन । कांग्रेसका मधेश केन्द्रित नेताहरुले पनि गठबन्धनप्रति असहमति राख्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार