गठबन्धनप्रति असन्तुष्टि जनाउँदै कैलालीमा कांग्रेसका वडा सभापतिसहित ९१ जनाले क्रियाशिल सदस्यताबाटै दिए राजीनामा
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार २०:३३:४
९ वैशाख, धनगढी । केन्द्रबाट स्थानीय तहको उपेक्षा हुने गरी गठबन्धन गरिएको भन्दै कैलालीमा ९१ जनाले नेपाली कांग्रेस क्रियाशील सदस्यताबाटै राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति कैलालीका कांग्रेस कार्यकर्ताहरु असन्तुष्ट भएर राजीनामा दिएका हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशिल सदस्यहरुले शुक्रबार नगरसभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरुले विगत लामो समयदेखि बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश्चित भएको हुँदा वडा नम्बर १८ कमिटिका तर्फबाट उमेदवार नभएका कारण क्रियाशिल सदस्यबाट राजीनामा दिँदै स्वतन्त्र उमेदवार उठाउने निर्णय गरेको राजीनामा पत्रमा उल्लेख छ ।
सामूहिक राजीनामा दिनेहरुमा नेपाली कांग्रेस कैलालीका पूर्व जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्व क्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्कालगायत नेता कार्यकर्ता रहेका छन् ।
धनगढी उपमहानगरपालिका–१८ मा अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले उमेदवार उठाउने भएको छ । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा उक्त वडा माओवादी केन्द्रले जितेका कारण भागबण्डाका क्रममा माओवादीले नै पाउने भएपछि कांग्रेसका नेता कार्यकर्ता असन्तुुष्ट बनेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार